रिसोर्टमा यस्तो हालतमा देखियो प्रचण्ड-सीताको परिवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालसहित आफ्ना परिवारका सदस्य, सचिवालय र सुरक्षाकर्मीसहित रमाइलो गर्न सिन्धुपाल्चोकको सुकुटेमा रहेको रिसोर्टमा बास बसेका छन् ।
बेलाबेला सुकुटेको रिसोर्टमा गएर रमाइलो गर्दै आएका प्रचण्ड जम्बो टोली लिएर शनिबार पुगेका हुन् । सुकुटेको रिसोर्टको बसाइँको व्यवस्था नेकपाका नेता तथा सांसद अग्नि सापकोटाले मिलाइदिएका हुन् । यसअघि पनि सापकोटाले नै प्रचण्ड र उनको परिवारलाई सुकुटेको रिसोर्टमा लगेर बसाउने गरेका थिए ।
प्रचण्ड यस पटक श्रीमती सीता दाहाल, बुहारी एवम् खानेपानीमन्त्री बिना मगर, छोरी गंगा दाहाल आचार्य, जवाइँ जीवन आचार्य, नाति नतिना, नेकपाका नेताद्वय अग्नि सापकोटा र जनार्दन शर्मा लगायत दुई दर्जनभन्दा धेरै आफन्त र सहयोगीहरूलाई लिएर उनी सुकुटेको रिसोर्टमा पुगेका हुन् ।
श्रीमती सीता दाहाल बिरामी रहेकाले पनि सीतालाई आरामका साथै रमाइलो होस् भनेर परिवारका साथ रिसोर्टमा पुगेका हुन् । सुनकोशी नदीको छेउमा रहेको रिसोर्टमा शनिबार साँझसम्म प्रचण्ड र उनको परिवारले रमाइलो गरेको थियो ।
कम्युनिस्ट नेता भएर पनि रिसोर्टको महँगो बसाइँ गर्ने गरेको भन्दै प्रचण्डको आलोचना हुँदै आएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत