आफूले पिउने पानीको समाचार लेख्ने पत्रकारलाई हप्काए ओलीले

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष खडगप्रसाद ओलीले १५ हजार रुपियाँ बोतलको पानी कहाँ किन पाइन्छ भनेर प्रश्न गरेका छन् ।

अखिल नेपाल महिला संघले पार्टीका प्रनिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘हैन मैले त वागमती नै पिउछु की क्या हो ? कोशी नै पिउछु की क्या हो ?’ दिनमा ६० हजारको पानी पिउछ भनेर लेख्ने सञ्चारकर्मीप्रति लक्षित गर्दै ओलीले पत्रकारहरूको आलोचना गरेकाका हुन् ।

‘१५ हजार बोतलको पानी पिउछन् भन्ने सुनियो । १५ हजार बोत्तलको पानी कहाँ किन्न पाईन्छ मलाई थाहा छैन ?’, उनले भने, ‘मैले त १५ हजार बोतलको पानी किन्न पाइन्छ भनेको सुनेको पनि छैन । अव विद्वावन पत्रकार होलान । कोही कसैले थाहा नपाएका यस्ता कुरा कसरी थाहा पाउछन ? तिनका विद्वतालाई पनि मान्नैपर्छ ।’

सरकारको नेतृत्व सम्हालेसँगै अभिव्यक्तिले विवादमा आइरहेका ओलीले पिउने पानीलाई लिएर समाचार छापिएपछि पत्रकारको आलोचना गर्दै उनले पहिलो पटक खण्डन गरेका हुन् ।

Published : Saturday, 2018 July 14, 8:39 pm

1 प्रतिकृया प्राप्त “आफूले पिउने पानीको समाचार लेख्ने पत्रकारलाई हप्काए ओलीले”

  • गलत समाचार लेख्ने चाहिँ राम्रो, अनि ओलीले गरेको खण्डन चाहिँ पत्रकारको आलोचला? तोरिकारिता को पनि हद हुन्छ नि।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया