गल्ती काम गरेर लोकप्रियता आउँदैन कमरेडहरू

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको सिधै बचाउ गर्न हिच्किचाइ रहेका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमजोर स्वरमा अभिव्यक्ति दिएर तङ्ग उत्पन्न गरिदिएका छन् ।

प्रचण्डले नेकपाको लोकप्रियता कमजोर पार्ने प्रयत्न भइरहेको र लोकप्रियता कमजोरपार्न अनेक बितन्डा मच्चाउने काम भइरहेको अभिव्यक्ति दिएर सबैको ध्यान आफूतिर केन्द्रित बनाएका छन् ।

ओली सरकारका अलोप्रिय निर्णय र कदमले सर्वसाधारणहरूले विरोध गरिरहेका बेला प्रचण्डले सरकारको सिधै बचाउ गरेनन् । उनले नेकपाको लोकप्रियतामा टिप्पणी गरे ।

कुनै पनि व्यक्ति, समूह या दलको लोकप्रियता कमजोर या बलियो हुने भनेको आफैबाट हो भन्ने कुरा प्रचण्डले भुलेको सामाजिक सञ्जालमा टिप्पणी भएको छ । ‘लोकप्रिय काम गरे लोकप्रिय हुने हो, अलोकप्रिय काम गरे अलोकप्रिय हुने हो’, सामाजिक सञ्जालमा भनिएको छ ।

‘मेडिकल माफियाकहाँ गएर कमरेडहरूले मार्सी चामलको भात नखाइदिएको भए लोकप्रियता कमजोर नै हुने थिएन’, फेसबुकमा एकजना पत्रकारले स्ट्याटस लेखेका छन् ।

विदेश जान लागेका उपकुलपतिलाई अपहरण शैलीमा पक्राउ गरी बालुवाटारमा एक डेढ घन्टा गाडी चालकहरूको प्रतिक्षालयमा नथुनेको भए लोकप्रियता कमजोर नै हुने थिएन ? भन्ने उनको प्रश्न छ ।

ओली सरकारले भारतीय शासक सामुलम्पसार परेर नरेन्द्र मोदीको अभिनन्दन नगरेको भए लोकप्रियता कमजोर हुने नै थिएन भनेर आलोचनात्मक टिप्पणी गरिएको छ ।

‘आफ्ना घरबेटी ठेकेदारलाई सडक ठेक्काको काम निर्धारित समयमै सक्न भनेको भए लोकप्रियता कमजोर नै हुने थिएन’, सामाजिक सञ्जालमा भनिएको छ, ‘आफन्त, सन्तान, पुत्रीहरूको नाममा करोडौंको भवन नकिनिदिएको भए लोकप्रियता कमजोर हुने नै थिएन ।’

सबैभन्दा ठूलो कुरा, जनताप्रति उत्तरदायी भइ देशका ज्वलन्त समस्याहरूको समाधानमा ध्यान दिएको भए लोकप्रियता कमजोर नै हुने थिएन भनेर आलोचना भएको छ ।

‘लोकप्रियता गुम्ने त्यत्रो चिन्ता हो भने कमरेड प्रचण्ड, आजैबाट अलोकप्रिय निर्णय र गतिविधि बन्द गर्नुस्, त्यसपछि बाँकी रहने भनेको लोकप्रियता नै हो’, सामाजिक सञ्जालमा भनिएको छ ।

गृहमन्त्री रामबहादुर थापा ट्रमा सेन्टरका डाक्टरलाई गृहमन्त्रालयमा दुई घण्टा थुनेर सरकारले लोकप्रियता नपाउने भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ ।

Published : Saturday, 2018 July 14, 11:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया