आक्रामक रुपमा आएको कांग्रेसलाई रोक्न ओलीले बनाए यस्तो रणनीति

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई होच्याउँदै दुई जना उभिएकै भरमा संसद अवरुद्ध नहुने व्याङग्य गरेका छन् ।

शुक्रबार आफ्नो दलका सांसदहरूलाई निर्देशन दिँदै ओलीले नेपाली कांग्रेसलाई होच्याउने शैलीमा दुईजना सांसदसँग तुलना गरेका हुन् । यो अभिव्यक्तिले प्रधानमन्त्री ओलीको दुईतिहाईको दम्भ फेरि एक पटक बाहिर देखिएको छ ।

‘एउटा निहुँ झिकेर दुईजना सांसद ठिङ्ग उभिदा संसदका सबै गतिविधि अवरुद्ध हुने हुनु हुँदैन’, प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै एकजना प्रदेश सांसदले भने, ‘कांग्रेसले झिनामसिना कुरा झिक्ने, दुईजना सांसद ठिङ्ग उभिने, अनि संसदको कारबाही अवरुद्ध हुने । अब यस्तो हुँदैन ।’ ओलीले दुईचार जना मान्छेले गलत नियतले उभिदा संसद अबरुद्ध हुन नदिने उल्लेख गरे ।

ओलीले संसद देश विकास र जनताका चासोमा बहस गर्ने थलो भएको बताए । ‘कोही मान्छेको स्वार्थ पूरा गर्नका लागि संसदलाई प्रयोग गर्न मिल्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हामी दुईतिहाइ बहुमतमा छौं । हाम्रा माननीयहरूले विकासका कुरा संसदमा जोडदार उठाउनुपर्छ । अडानमा बसेर कुरा राख्नुपर्छ ।’

Published : Friday, 2018 July 13, 8:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया