‘रअ’सँग सिङ्गापुरमा चार चरणमा वार्ता

काठमाडौं । झण्डै दुईसाता लामो सिङ्गापुर बसेर काठमाडौं आएका पूर्वमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार पटकसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिहरूसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।

प्रचण्डले सिङ्गापुरमा ‘रअ’का उच्च अधिकारीहरूसँग गरेको कुराकानीका बारेमा केही बताइएको छैन । तर, प्रचण्डलाई ‘रअ’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन दवाव दिएको उच्च स्रोतको भनाइ छ ।

‘रअ’ले नेपालमा सांस्कृतिक राजसंस्था, हिन्दूराष्ट्रका पक्षमा लचिलो बन्न प्रचण्डलाई दवाव दिएको छ । जवाफमा प्रचण्डले तत्काल केही गर्न नसक्ने तर, वातावरण बनाउन भने सक्ने जनाएका छन् ।

नेपालमा कम्युनिस्टहरूको बढ्दै गएको वर्चस्वबाट भारत र अमेरिकाले चिन्ता जनाउँदै आएका छन् । नेपालमा कम्युनिस्टहरूको दब्दवा अन्त्य गर्नेबारेमा अमेरिका र भारतले मिलेर मिशन शुरु गरेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री केपी ओलीको दम्भ र अहंकारबाट आजित भएको भन्दै ‘रअ’का प्रतिनिधिहरूले छिटोभन्दा छिटो यस विषयमा केही गर्नुपर्ने सुझाव प्रचण्डलाई दिएको स्रोतको भनाइ छ । ओलीले भारततिर झुकाव राखेपनि भारतले विश्वास गरिहालेको छैन । चीनसँग ओलीको साँठगाँठ अहिले पनि रहेको आरोप छ ।

पत्नी सीता दाहालको उपचार गर्ने भने पनि प्रचण्डले आफ्नो राजनीतिक उदेश्यअनुसार काम गरेको स्रोतको भनाइ छ ।

सिङ्गापुरबाट फिर्ता आएपछि प्रचण्डले देखिने गरेर भन्दा पनि नदेखिने गरेर आफू निकटका नेताहरूसँग गोप्य वार्ता र परामर्श गर्दै आएका छन् । त्यति मात्रै होइन प्रचण्डले पूर्वएमालेका नेताहरूलाई समेत आफूतिर तान्ने प्रयास गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2018 July 12, 12:07 pm

1 प्रतिकृया प्राप्त “‘रअ’सँग सिङ्गापुरमा चार चरणमा वार्ता”

  • उपरोक्त कुरा सत्य हो भने नेपालको लागि त भविष्य सुरक्षित रहने देखेको छु यदि राजसंस्था र भारत सरकारको बिच कुनेै गोप्य संझौता भएको छैन र निस्वार्थ भारत सरकारले सहयोग गरिरहेको हो भने।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया