जनतासँग डरायो कम्युनिस्ट सरकार, सिंहदरबारमा सहज पहुँच नदिने

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको हरेक गलत क्रियाकलाप र गतिविधिको पत्रकारहरूले समाचार प्रकाशित गरेपछि आत्तिएका गृहमन्त्री रामबहादुर थापाले अंकुश लगाउने गरेर नयाँ व्यवस्था गर्न लागेका छन् ।
पत्रकारहरूलाई सिंहदरबार र मन्त्रालयमा सहज पहुँच नपुग्ने गरेर नयाँ व्यवस्था गर्न लागिएको हो । सिंहदरबारमा अब एउटा पास लिएर धेरै वटा मन्त्रालय जान गृहमन्त्री थापाले रोक लगाउन लागेका हुन् ।
गृहमन्त्री थापाका सुरक्षा प्रमुख इन्द्रजित राईले सिंहदरबारभित्र एउटा पासले एउटा मात्र मन्त्रालयमा सर्वसाधारण, उच्च ओहदाका कर्मचारीलाई प्रवेश गर्ने व्यवस्था मिलाउन लागेको बताए ।
हाल सिंहदरबारभित्रका प्रत्येक मन्त्रालयले सर्वसाधारण, भीआइपी र भीभीआइपीको लागि एउटै पासबाट सम्पूर्ण मन्त्रालय प्रवेश गर्न पाइरहेका छन् ।
सिंहदरबारभित्र प्रवेश गर्दा भिजिटरले आफ्नो आधिकारिक कुनै सरकारी कागजात वा प्रमाणहरू राख्नु पर्नेछ । कानून निर्माणकर्ता, पूर्वमन्त्रीहरू र राजनीतिक दलका नेताहरूलाई पनि यही नियम लागू हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत