ओली भारतीय दलाल र राजावादी हुन्ः प्रचण्ड

काठमाडौं । तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली र उनको समूहलाई भारतीय दलाल भनेको भिडियो सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा लिक भएको पुरानो भिडियोमा प्रचण्डले ओलीलाई भारतीय दलालको आरोप लगाएका छन् । प्रचण्डले ओलीलाई सूर्यबहादुर थापासँग तुलना गर्दै राजावादी भएको समेत दाबी गरेका छन् ।

प्रचण्डले पार्टीको गोप्य बैठकमा सम्बोधन गर्ने क्रममा ओलीलाई भारतीय दलाल र राजावादीको आरोप लगाएको भिडियोमा सुन्न र देख्न पाइन्छ ।

‘केपी ओली पक्ष भनेको भारतीय दलाल हो । त्यो सिधै भारतीय दलाल हो’, उनले भनेका छन्, ‘त्यो राजावादी हो । सूर्यबहादुर थापालाई चिन्नु हुन्छ नि ! लेफ्टतिरको सूर्यबहादुर थापा हो । वामपन्थीतिरको भूमिकामा केपी ओली छ ।’

प्रचण्डको यो पुरानो भिडियोले सामाजिक सञ्जालमा ठूलो तरंग उत्पन्न गरेको छ । संयोग नै मान्नुपर्छ ओलीलाई भारतीय दलाल र राजावादीको आरोप लगाएका प्रचण्डले अहिले एमालेमा माओवादी पार्टी मिसाएर ओलीलाई नै अध्यक्ष मानेर बसेका छन् ।

Published : Wednesday, 2018 July 11, 6:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया