कम्युनिस्टको अखडा हुनबाट जोगियो कान्तिपुर दैनिक

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपलाई सफल बनाउन कैलाश सिरोहियाले नयाँ रणनीति बनाएका छन् । त्यति मात्रै होइन कम्युनिस्टहरूको कब्जामा पुगेको कान्तिपुर दैनिकलाई जालोबाट माथि उठाउन सफल भएका छन् ।

लामो समयदेखि अखडा जमाउदै आएका कम्युनिस्ट पुष्ठभूमिका प्रधान सम्पादक सुधीर शर्माले मंगलबार राजीनामा दिएपछि कान्तिपुर दैनिकको सुधार हुने अपेक्षा ग्रुपले लिएको छ ।

एकजना भारतीय प्रबन्धकलाई सम्पादकभन्दा माथिको हैसियतका साथ महाप्रबन्धकको पद दिने निर्णयपछि कान्तिपुर मिडिया ग्रुप, केएमजीभित्र विभिन्न आशंका उब्जिएको थियो ।

केएमजी स्रोतका अनुसार मंगलबार कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा र काठमाडौं पोष्टका अखिलेश उपाध्यायले राजीनामा दिइ अध्यक्षको निर्णयको विरोध गरेका थिए । प्रचण्डका निकट मानिने सुधीर शर्माले राष्ट्रियताको कुरा समेत उठाएको सोतको भनाइ छ ।

भारतको टाइम्स अफ इन्डिया ग्रुपमा कार्यरत रजनीश ऋषिलाई महाप्रबन्धकमा ल्याउने र सम्पादकीय नेतृत्व उनीप्रति जवाफदेही हुने सहमतिसँगै दुई मिडिया हाउसबीच अन्य केही गोप्य कारोबार बारे पनि ‘डिल’ भएको जनाइएको छ ।

कान्तिपुर दैनिकको सम्पादकको यसअघिको नियुक्तिमा निर्णायक भूमिका खेलेका पूर्वप्रधानमन्त्री तथा नेकपा दोस्रो तहका अध्यक्ष प्रचण्डसमक्ष पनि कान्तिपुर दैनिकका पत्रकारहरूको एउटा समूह पुगेको थियो ।

कैलाश सिरोहियाको वर्तमान निर्णयले सञ्चारमा विदेशी भूमिका अपारदर्शी तरिकाले भित्रने खतराप्रति सचेत गराउँदै त्यसमा सरकारले आवश्यक कदम चाल्नु पर्ने माग उनी समक्ष राखेको स्रोतले जनाएको छ ।

शर्मा र उपाध्यायले राजीनामा दिएपछि कान्तिपुर र काठमाडौं पोष्टमा उनीहरूका उत्तराधिकारीबारे व्यवस्थापनबाट कुनै संकेत आएको छैन ।

कान्तिपुर दैनिकका हाल सम्पादक हरिबहादुर थापाले विशेष जिम्मेवारी पाउनेमा कांग्रेस निकटका पत्रकारहरूले अनुमान गरेका छन् । थापा कांग्रेस नजिकका मानिन्छन् ।

अनौपचारिक रुपमा अध्यक्ष सिरोहियाले पत्रकारहरूसँग मंगलबार रजनीश ऋषिको नियुक्ति सञ्चार गृहको आर्थिक अवस्था सुधारको उद्देश्यले मात्र गरिएको र सम्पादकीय स्वतन्त्रतामा त्यसले प्रतिकुल असर नपार्ने स्पष्टीकरण दिएर आश्वस्त पार्न खोजेका थिए ।

Published : Wednesday, 2018 July 11, 11:11 am

2 प्रतिकृया प्राप्त “कम्युनिस्टको अखडा हुनबाट जोगियो कान्तिपुर दैनिक”

  • अब नेपाली पाठकहरुलेे स्वतन्त्र बिचार र समाचार पढ्न पाउदैनन्।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया