संगीतकार आलोकश्री सुरक्षाकर्मीसँग भिड्न खोजेपछि…

काठमाडौं । संगीतकार आलोकश्री भनिने सूर्यकुमार खातीले काठमाडौं महानगरपालिकाका सुरक्षाकर्मी र ट्राफिक प्रहरीहरूलाई दुरव्यवहार गरेका छन् ।

काठमाडौंको वैद्यखानास्थित कार्यालय अगाडि सडकमा राखिएका सवारी साधन हटाउन खोज्दा सोमबार दिउँसो संगीतकार अलोकश्रीले महानगरपालिकाका सुरक्षाकर्मीहरूलाई अपशब्द बोलेका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार संगीतकार आलोकश्रीले आफू नाम चलेको संगीतकार भएको भन्दै सुरक्षाकर्मीहरूलाई अपशब्द बोलेका थिए ।

संगीतकार आलोकश्रीको गुञ्जन रेकर्डिङ स्टुडियो र क्रिश्चियन धर्मको प्रचार गर्ने ‘गुड न्युज एफएम’ रहेको घर अगाडि बाटो अवरोध हुने गरेर सवारी साधनहरू राखेपछि स्थानीयले महानगरपालिका र महानगरीय ट्राफिक प्रहरीमा उजुरी गरेका थिए ।

त्यसपछि महानगरपालिकाका सुरक्षाकर्मीहरूले ती सवारी साधन हटाउन खोज्दा आवेगमा आएका संगीतकार आलोकश्रीले मेयर विद्यासुन्दर शाक्यसँग यस विषयमा कुरा गर्ने चेतावनी दिएका थिए ।

संगीतकार आलोकश्रीले सडकमा सवारी साधन पार्किङ गर्दा कुनै पनि अबरोध र समस्या नभएको भन्दै सुरक्षाकर्मीहरूलाई धम्काएको प्रत्यक्षदर्शीको भनाइ छ । संगीतकार आलोकश्रीले जथाभावी बोलेर सवारी साधन हटाउन अबरोध गरेपछि केही समय नियन्त्रण समेत लिएको थियो ।

संगीतकार आलोकश्री राम्रा संगीतकारमा पर्छन् । उनले राजधानीमा स्कुल चलाउनुका साथै क्रिश्चियन धर्म प्रचारमा एफएम पनि चलाउने गर्छन् ।

Published : Tuesday, 2018 July 10, 12:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया