उपकुलपति अपहरणको जवाफ चाहियो : कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संस्कृति विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई अपहरण शैलीमा बालुवाटारमा राखेको भन्दै सरकारको जवाफ माग गरेको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सांसद बद्री पाण्डेले विश्व सांस्कृत सम्मेलनमा हिँडेका उपकुलपति कोइरालालाई अपहरण शैलीमा किन बालुवाटार बोलाइएको हो भनी प्रश्न गरे ।

‘क्यानाडा जान हिँडेका उपकुलपतिलाई किन प्रहरी लगाएर अपहरण शैलीमा ल्याइयो ?’, उनले भने, ‘बालुवाटारको कोठामा किन थुनियो ? सरकारको जवाफ चाहिन्छ ।’

उपकुलपति कोइरालालाई विदेश जान नदिइ बालुवाटारमा राखेको आफ्नो अधिनायकवादी चरित्र देखाएको सांसद पाण्डेले बताए ।

Published : Sunday, 2018 July 8, 11:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया