त्यसपछि कम्युनिस्ट सरकारको पतनका दिन शुरु : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कम्युनिस्ट प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले विपक्षी दललाई सहमतिभन्दा पनि चिढ्याएर अगाडि बढ्न खोजेको आफूले आभास पाएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.कोइरालाले सरकारका कामकारबाहीले मुलुकमा अधिनायकवाद आउने सम्भावना बढेर गएको बताए । देशमा अधिनायकवाद ल्याउने प्रयास भयो भने कम्यनिस्ट सरकारको पतनका दिन शुरु हुने उनले चेतावनी दिए ।
‘ओलीजी त्यही माइतीघरको निषेधाज्ञा तोडेर प्रधानमन्त्री बनेको यति छिटो भुल्नुभयो’, उनले भने, ‘नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ । होइन भने त्यसको नकारात्मक प्रक्रिया आउँछ । प्रधानमन्त्रीजीलाई नै नोक्सानी हुन्छ ।’
कांग्रेस नेतृत्वले गरेका राजनीतिक नियुक्तिहरू संविधानसम्मत भएको बताएका डा.कोइरालाले भने, ‘निर्वाचनका बेला निर्वाचन आयोगसँग सहमति लिएर गरिएका थुप्रै निर्णय छन् ।’ उनले सरकारका गलत गतिविधिको कांग्रेसले सडक र सदन दुबैतिरबाट विरोध गर्ने बताए ।
विरोध गर्नेभन्दैमा नेपाली कांग्रेसले गैरजिम्मेवार बनेर सडकका बारहरू नभत्काउने डा.कोइरालाले बताए । ‘विरोध गर्छौं’, उनले भने, ‘नागरिक र राज्यको सम्पत्तिमा नोक्सानी हुँदैन । कसैलाई दुःख पनि दिँदैनौँ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत