मेडिकल माफियाहरूलाई गगनकाे जवाफ, तनावमा कम्युनिस्टहरू

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले झापामा मेडिकल कलेज चलाउँदै आएका दुर्गा प्रसाइँले लगाएको आरोपलाई ठाडै खारेज गरिदिएका छन् ।

मंगलबार साँझ फेसबुक लाईभमार्फत नेता थापाले आफ्नो स्वार्थपूरा नभइसकेपछि घुस लिएको आरोप लगाइएको बताए । ‘झापामा बि एण्ड सी मेडिकल कलेज चलाइ रहेका दुर्गा प्रसाइँले मलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशक नियुक्ति गर्दा १४ करोड घुस लिएको आरोप लगाउनु भएको छ’, उनले भने, ‘आफ्नो स्वार्थपूरा नभइसकेको अवस्था तिलमिलाएको अभिव्यक्ति दिँदै हिँड्नु भएको छ ।’

आफूलाई दुई ठूला कम्यनिस्ट पार्टी मिलाएको दावी गर्दै आएका मेडिकल सञ्चालक प्रसाइँले कांग्रेसका युवा नेता थापालाई स्वास्थ्यमन्त्री भएका बेला निर्देशक नियुक्ति गर्ने बेला १४ करोड घुस खाएको आरोप लगाएका थिए ।

मेडिकल सञ्चालक प्रसाइँलाई मेडिकल माफियाका रुपमा बद्नाम भएका व्यक्ति हुन् । प्रसाइँले नै केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भक्तपुरस्थित आफ्नो घरमा लगेर रातो चामलको भात खुवाएर एमाले र माओवादी केन्द्रलाई मिल्न दवाव दिएको दाबी गर्छन् ।

‘निर्वाचनका बेला मलाई बाख्रापालनमा १४ करोड लिएर भ्रष्टाचार गरेको आरोप लगाइयो । बम आफैले पड्काएको आरोप लाग्यो । प्रदेशको मन्त्री, प्रधानमन्त्री र कम्युनिस्ट पार्टी आफूले मिलाएको दाबी गर्ने एउटा व्यक्तिले संगिन आरोप लगाउनुभएको छ ।’ अभियोग लगाउँदा पुष्टि हुनुपर्छ ।’

नेता थापाले आफ्नो परिवार पारदर्शी रहेको बताए । ‘मेरो परिवारको आम्दानी र सबै कुराहरू पारदर्शी हुनुपर्छ । मलाई अरुलाई जस्तो छुट छैन’, उनले भने, ‘मैले कुनै अनियमितता र भ्रष्टाचार गरेको छैन । यदि पुष्टि हुन्छ भनेर सबै क्षेत्रबाट बाहिर रहन चाहन्छु ।’

स्वास्थ्य क्षेत्रको सुधार गर्न माग गरेर अनशनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य र सरकारले गरेको व्यवहारबाट आफू अत्यन्तै चिन्तित रहेको उनले बताए ।

‘डा.गोविन्द केसी अनशन बस्नु लज्जाजनक कुरा हो’, उनले भने, ‘वर्तमान सरकारको रवैयाले गर्दा एउटा कुरा थपिएको छ । उहाँलाई गैरन्यायिक हिरासतमा राखिएको छ । अमानवीय व्यवहार गरिएको छ ।’

Published : Wednesday, 2018 July 4, 11:11 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया