कम्युनिस्ट सरकार उफ्रिन थालेपछि कांग्रेसले बोलायो बैठक

काठमाडौं । कम्युनिस्ट सरकारले संविधान र ऐन विपरितका क्रियाकलाप तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्न थालेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय दलमा सो विषयमा छलफल गर्ने भएको छ ।

समग्र राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले बिहीबार संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सरकारको बजेट र कामकारबाहीका विषयमा छलफल हुनेछ । बैठक बुधबार बिहान ११ बजे सिंहदरबारमा बस्ने कार्यक्रम छ ।

कांग्रेसले केपी ओली नेतृत्वका वर्तमान कम्यनिस्ट सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको भन्दै सदनमा जोडदार रुपमा आवाज उठाउँदै आएको छ ।

कांग्रेसले सभामुख र उपसभामुख पद संवैधानिक व्यवस्था विपरित कम्यनिस्ट सरकारले कब्जा गरेर राखेको आरोप लगाएको छ । संविधानअनुसार एउटा पद सत्ता पक्षले छाड्नु पर्ने हुन्छ ।

Published : Tuesday, 2018 July 3, 11:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया