भारतीय अभिनेत्रीले गरिन् नेपालको बद्नाम

काठमाडौं । बलिउड अभिनेत्री जुही चावलाले गरेको ट्वीटले काठमाडौंको बद्नाम भएको भन्दै आलोचना भएको छ ।

अभिनेत्री चावलाले काठमाडौं भ्रमणका क्रममा धुलो, धुँवा, ट्राफिक जाम र फोहरले समस्या भएको बताएकी छिन् । अभिनेत्री चावलाले फोहर, धुलो, धुँवाका कारण आफूले नाकमुखमा मास्क लगाएर यात्रा गरेको ट्वीटमार्फत जनाएकी छिन् ।

शनिबार अभिनेत्री चावलाले पशुपतिनाथको मन्दिरमा पूजा गरेपछि गाडी कुर्दै गरेका बेला मुख छोपेर बसेको तस्बिर पनि ट्वीट गरेकी छिन् ।

 

ट्वीटले काठमाडौंको बास्तविकता झल्काए पनि त्यसबाट नेपाली समर्थकहरूको मन दुखाएको छ । बलिउड अभिनेत्री चावलाको ट्वीटको नेपालीहरूले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।

बेलाबेला बलिउडका कलाकारले नेपालविरुद्ध अभिव्यक्ति दिने गरेका छन् । उनीहरूले नेपाललाई होच्याउने गर्दा नेपालीहरूको आलोचना पनि खेप्दै आएका छन् ।

Published : Sunday, 2018 July 1, 11:18 am

3 प्रतिकृया प्राप्त “भारतीय अभिनेत्रीले गरिन् नेपालको बद्नाम”

  • काठमाडौं को बदनाम गरेको मा दुख लागेको छ,

  • Usle j dekheu tehi bhaneu asma negetive sochnu parne hamile kunai karan dekhdina .
    Banaunu pareuni smart city without polution ani poramro news pani antarastriya starma pugchha

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया