सिङ्गापुरमा किन अड्डा जमाएर बसे प्रचण्ड ?

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिङ्गापुरमा अझै केही दिन बस्ने भएका छन् ।

पत्नी सीता दाहालको उपचार अबधि लम्बिएपछि प्रचण्डको सिंगापुर बसाइँ लम्बिएको हो ।

स्रोतका अनुसार प्रचण्डले सिङ्गापुरमा बस्दा विभिन्न व्यक्तिहरूसँग पनि भेटवार्ता गरेका छन् । प्रचण्डले को–कोसँग भेटेका हुन् केही बताइएको छैन ।

उपचारका क्रममा थेरापी समेत गनुपर्ने भएपछि प्रचण्डको सिँगापुर बसाइँ लम्बिएको प्रेस संयोजक बिष्णु सापकोटाले बताए ।

पत्नी सीताको उपचारका लागि प्रचण्डका साथै छोरी गंगा दाहाल, भतिज समीर दाहाल र एकजना नर्सपनि सिङ्गापुरमा छन् ।

सीता दाहालले आफूलाई छाडेर काठमाडौं नफर्कन अनुरोध गरेपछि प्रचण्ड उतै रोकिएका हुन् । नेपालमा उपचार सम्भव भए पनि प्रचण्डले पत्नीलाई महँगो उपचारका लागि सिङ्गापुर लगेको आरोप छ ।

Published : Monday, 2018 June 25, 12:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया