दुई करोड ४० लाख ठग्ने ‘नागराज’ पक्राउ

काठमाडौं । आर्इपीएल क्रिकेटमा सट्टेबाजीको नाममा रकम लिएर ठगी गरेको अभियोगमा नागराज भनिने नथमल अग्रवाल पक्राउ परेका छन् ।

धनुषाको जनकपुर नगरपालिका ३ घर भर्इ काठमाडौं ४ पानीपोखरी बस्ने ४८ वर्षीय अमृत भन्ने अग्रवाललाई प्रहरीले शनिबार पक्राउ गरेको आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अग्रवालले काठमाडौं ७ सिफल बस्ने महोत्तरी मनरासिसुवा नगरपालिका २ का ३९ वर्षीय राकेश सिंह लगाएतका व्यक्तिहरूबाट भारतमा चलेको आर्इपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी २ करोड ४० लाख ठगी गरेको उजुरी परेको छ ।

यसअघि पनि नागराज सट्टेबाजमा पक्राउ परेका थिए । उनले हुण्डीको पनि कारोबार गर्ने गर्छन् । त्यति मात्रै होइन नागराजको अण्डवर्ल्ड दाउद इब्राहिमसँग पनि कनेक्सन रहेको आरोप छ । यसबारेमा पनि प्रहरीले छानविन चलाएको छ ।

Published : Sunday, 2018 June 24, 7:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया