ठमेलबाट कथित डन ‘भाले’ पक्राउ

काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाई गुन्डागर्दीमा संलग्न रहँदै आएका ‘भाले’ भनिने दिनेश लामालाई प्रहरीले पक्राउ गरेको छ ।

ठमेलका व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा भालेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखेर भालेमाथि सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

लामा यसअघि पनि हातहतियार सम्बन्धित मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।

Published : Thursday, 2018 June 21, 4:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया