सिंगापुरमा प्रचण्ड र ‘रअ’बीच नयाँ कनेन्सकन, पूर्वएमालेको आरोप

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टीका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर गएको विषयलाई लिएर नेपाली राजनीतिमा अर्कै बहस हुन थालेको छ ।

बेलाबेला उपचारको बहाना बनाएर सिंगापुर, बैंकक जाने गरेका प्रचण्डको यस पटकको भ्रमणलाई पनि शंकाको दृष्टिले हेरिएको छ । तर, उनी अहिले श्रीमती सिता दाहालको उपचारका लागि सिंगापुर गएका हुन् ।

तत्कालीन नेकपा एमालेको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूले प्रचण्ड ‘रअ’का उच्च अधिकारीलाई भेट्न सिंगापुर गएको भनेर आरोप लगाएका छन् ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली चीन भ्रमणमा प्रस्थान गर्नु दुई दिन अगाडि अचानक प्रचण्डले सिंगापुर जाने योजना किन बनाएर भनेर बालुवाटारमा चर्चा समेत भएको थियो ।

पार्टी एकीकरण भएपछि पनि एमाले र माओवादीका नेता, कार्यकर्ताहरू एक हुन सकेका छैनन् । एमाले र माओवादी केन्द्रका सांसदहरू सिंहदरबारमा नजिकै रहेका एकआपसका संसदीय दलको कार्यालयमा जाँदैनन् । उनीहरू आ–आफ्ना दलको कार्यालयमा बसेर विभिन्न थरी कुरा गर्ने गर्छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो ‘किचन क्याबिनेट’ नेताहरूसँग प्रचण्डको सिंगापुर भ्रमणलाई शंकाको घेरामा राखेका छन् । बालुवाटार स्रोतले भन्यो,‘प्रचण्डजी पत्नीको उपचारका गर्न भनेर सिंगापुर जानु भएको छ । पहिला–पहिला पत्नीको तस्बिर सार्वजनिक गरिदैन थियो । यस पटक सीता दाहाल एयरपोर्टको सोफामा सुतेर सल ओढेको तस्बिर सार्वजनिक गरिएको छ ।’

यसरी तस्बिर सार्वजनिक भएको विषयलाई नेकपाका नेताहरूले पनि अचम्मका साथ लिएका छन् । नेपालमै उपचार हुन सक्छ । तर, आफूलाई भिभिआइपी र भिआइपी भन्न रुचाउने नेताहरू सरकारी खर्चमा विदेशमा उपचार गराउने जाने गरेका छन् ।

Published : Thursday, 2018 June 21, 10:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया