मन्त्री अधिकारीको बाहिरियो अर्को ‘काण्ड’, युवतीको कार्यक्रममा भेटिए

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको गतिविधिबाट सचिव कृष्णप्रसाद देवकोटा दिक्क भएका छन् ।

मन्त्री अधिकारीले दिनदिनै मन्त्रालयभित्र गर्ने उट्पट्याङ कार्यले सचिव मात्रै नभइ अन्य कर्मचारीहरू पनि तनावमा परेको स्रोतले जनाएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

संसदको विकास समितिको सभापति भएका बेला पनि अधिकारीको चर्तिकलाबाट संसद सचिवालयका कर्मचारीहरू दिक्क भएका थिए ।

सभापति भएका बेला अधिकारीले आफू अनुकूलको समाचार छापउने तथा विरोधीहरूलाई तह लगाउन उनीहरूकै विरुद्ध लेख्न लगाउने गरेको आरोप त्यस बेलाका समितिका सदस्यहरू बताउँछन् ।

केही समय अगाडि मन्त्री अधिकारीले मन्त्रालयको आन्तरिक बैठकमा एकजना व्यक्तिलाई ‘मेरो साथी हो किताब किन्नु प-यो’ भन्दै प्रवेश गराएपछि सचिव देवकोटा रिसाएका थिए ।

त्यति मात्रै होइन त्यो बैठकमा सहभागी सबैलाई मन्त्री अधिकारीले किताब किन्न लगाएका थिए । खनखन पैसा तिरेर सचिव देवकोटाले ती व्यक्तिको किताब किनेका थिए । मन्त्रालयको गोप्य र महत्वपूर्ण बैठकभित्र ती व्यक्तिलाई प्रवेश गराएको भनेर कर्मचारीहरू मुखामुख गरेका थिए ।

त्यति मात्रै होइन मन्त्री अधिकारीले आफ्नो पदीय मर्यादा विपरितका क्रियाकलाप समेत गरेको तथ्य फेला परेको छ । केही हप्ता अगाडि मन्त्री अधिकारी नेपाल विद्यार्थी संघकी नेतृ एवम् इलेक्ट्रोनिक सामानको व्यवसायी गर्दै आएकी देवी अर्थात अम्विका चापागाइँ कार्कीको ‘ककटेल’ सहितको कार्यक्रममा सहभागी भएका थिए ।

नयाँ बानेश्वरको बिजुलीबजारमा ‘ह्वर्लपुल’ ब्राण्डका सामान राखेर पसल खोलेकी देवीले दरबारमार्गको अन्नपूर्ण होटेलमा त्यही पसलको उद्घाटन कार्यक्रम कक्टेल डिनरसहित राखेकी थिइन् । त्यो कार्यक्रमको उद्घाटन गर्न मन्त्री अधिकारी दलवलसहित पुगेका थिए ।

मन्त्री अधिकारीलाई नेपाली कांग्रेसका युवा नेता गगन थापाले पनि साथ दिएका थिए । अम्विकाको कार्यक्रममा सीमित व्यक्तिहरूलाई मात्रै बोलाइएको थियो । अम्विकाले विजुलीबजारमा रहेको पसलमा कार्यक्रम नराखेर होटेल अन्नपूर्णमा राखेकी थिइन् ।

कक्टेल डिनरसहितको कार्यक्रम उद्घाटन गर्न पुगेका मन्त्री अधिकारीले त्योभन्दा पहिला एसईई दिएर बसेकी ज्वाला ढकालको चित्रकला प्रदर्शनी उद्घाटन गर्न आउँछु भनेर आश्वसन दिएका थिए । तर, उनी त्यहाँ गएनन् ।

आर्ट काउन्सिल बबरमहलमा ढकालले आफ्नो चित्रकलाहरूको प्रदर्शनी राखेकी थिइन् । चित्रकला प्रदर्शनीबाट उठेको रकमलाई सामाजिक सेवामा लगाउने बताएकी थिइन् । अन्तिम क्षणमा अधिकारीले कार्यक्रमको उद्घाटन गर्न आउन नसक्ने भनेर सन्देश पठाएका थिए । मन्त्री अधिकारीको सो कार्यबाट ढकालको चित्त दुखेको थियो ।

मन्त्री अधिकारी आजकाल जहाँ पनि एयरपोर्ट बनाएर प्लेन चलाउने भन्दै हिँड्न थालेका छन् । भौतिक पूर्वाधार समेत नभएका विमानस्थलमा अधिकारीले जवरजस्ती प्लेन उडाउन आदेश दिने गरेका छन् ।

यति मात्रै होइन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको बजेट आफ्नो कास्की जिल्लामा मात्रै थुपारेपछि संसदको बैठकमा आफ्नै पार्टीका सांसद मेटमणि चौधरीले बजेटमा फिक्सिङ गरेको भन्दै मन्त्री अधिकारीलाई कारबाहीको माग गरेका थिए ।

मन्त्री अधिकारीकै कमजोर कार्यशैलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा रक्सीको विज्ञापनको बोर्ड राखेर व्यापारी सुवास श्रेष्ठले विमानस्थलकै बेइज्जत गरेका छन् ।

आफै बोर्ड हटाउन निर्देशन दिने तर बोर्ड हटे नहटेको बारेमा वास्ता नगर्ने मन्त्री अधिकारीको कार्यशैली नै कमिसनमुखी रहेको प्रष्ट देखिने विमानस्थलका कर्मचारीहरु बताउँछन् ।

Published : Thursday, 2018 June 21, 7:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया