दसा बिग्रियो रवि लामिछानेको, ३ वर्ष जेल हाल्ने तयारी

काठमाडौं । छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पु¥याउन सकेनन् भने उनी कानूनी फन्दामा पर्ने सम्भावना बढेको छ ।

न्युज ट्वान्टीफोर टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई लोकप्रिय त बनाएको छ । तर, प्रेस काउन्सिल नेपालमा परेको उजुरी तथा यससम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भइरहेको पत्राचारको व्यहोरा हेर्दा लामिछाने कानूनी कारबाहीको भागी बन्ने सम्भावना देखिएको हो ।

कुमुद लोहनी र लक्षमण विकको नाममा प्रेस काउन्सिलमा परेको उजुरीमा रवि लामिछानेमाथि व्यक्तिको घर–कार्यालयमा बलजफ्ती घुस्ने गरेको र उनी विदेशी नागरिक भए पनि वर्कपरमिट नलिइकन नेपालमा अवैध रुपले काम गरिरहेको आरोप लगाउँदै उनलाई कानून बमोजिम कारबाही गर्न माग गरिएको छ ।

उजुरी परेपछि प्रेस काउन्सिलले छानविन तथा कारबाहीको आवश्यक प्रक्रिया अघि बढाएको छ । हालसम्मको छानविन तथा अनुसन्धानबाट रवि लामिछानेले तीनवटा कानून उल्लंघन गरेको दाबी प्रेस काउन्सिलको छ ।

काउन्सिलको एक सूत्रले जनाएअनुसार लामिछाने विदेशी (अमेरिका) नागरिक हुन् र उनले नेपालमा कुनै पनि काम गर्न वर्कपरमिट लिनुपर्नेमा अहिलेसम्म लिएका छैनन् । दोस्रो उनले प्रेसपास लिएका छैनन् र तेस्रो लामिछानेले प्राप्त गरेको नाता भिसा लिएर नेपालमा कुनै पनि काम गर्न पाइँदैन । उजुरीमाथि छानविनका क्रममा रवि लामिछानेले प्रेस काउन्सिललाई दिएको जवाफले काउन्सिल र सिङ्गै सञ्चार मन्त्रालयलाई स्तब्ध र आश्चर्ययचकित बनाएको छ ।

काउन्सिललाई लेखेको पत्रमा उनले भनेका छन्, ‘म विदेशी नागरिक होइन । नेपाल सरकारको गृह मन्त्रालयबाट बस्ने भिसा लिएको छु । अर्को करा म पत्रकार होइन, भइसकेको छैन । म एक कार्यक्रम सञ्चालक हुँ । कार्यक्रम सञ्चालकहरूले मात्र होइन धेरै पत्रकारले समेत प्रेसपास लिएका छैनन् ।’

काउन्सिल पदाधिकारीमािथ आक्रोश प्रकट गर्दै लामिछानेले पत्रमा लेखेका छन्, ‘मानिसलाई ब्ल्याकमेलिङ गरेर आत्महत्यासमेत गर्नुपर्ने स्थितिमा पु-याएको मानिस पत्रकारिताको नाममा लुट्ने ढोँगी हो भन्ने कुरामा मृत्युपर्यन्त विश्वास गर्छु र ढोँगीहरूले पठाएको पत्रलाई आगामी दिनमा प्राथमिकता दिन्नँ । मेरो अमेरिकी पासपोर्ट फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेको र चार वर्षदेखि नियमित रुपले नेपाल बस्ने गर्दै आएको व्यहोरा अवगत गराउन चाहन्छु । उनान्सय प्रतिशत जनताले स्यावासी दिएको टेलिभिजन कार्यक्रम नेपालको इतिहासम ाबनेको छैन । ज्यानको बाजी लगाएर अहोरात्र खटेर लाखौँ जनताबाट पाएको स्यावासीमा मैले गर्व गर्न पाउनुपर्छ । अहिलेको अवस्थामा प्रेस पास लिनुभन्दा म यो पेसा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न तयार छु ।’

विदेशी नागरिकता भएको व्यक्तिले यसरी वर्क परमिट नलिइकन काम गरेको पुष्टि भएमा आगामी भदौ १ गतेदेखि लागू हुने व्यक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरसम्बन्धी कानून अनुसार रवि लामिछानेलाई कारबाही हुने सम्भावना छ । यसमा व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार जरिवाना तिराउने सजाय हुन सक्ला त, जिज्ञासाको विषय बनेको छ ।

(घटना र विचार साप्ताहिकबाट समाचार साभार)

Published : Wednesday, 2018 June 20, 10:56 am

15 प्रतिकृया प्राप्त “दसा बिग्रियो रवि लामिछानेको, ३ वर्ष जेल हाल्ने तयारी”

  • रबि लामिछानेलाइ जेल हाल्नु कुन चाहिँ को मति बिग्रेको होला कि त त्यो भ्रष्टाचारी हो कि त दलाल कमिसन खोर हो यदि रबि लामिछानेलाइ जेल हाल्यो भने नेपाल मा आगो बालिन्छ् हेक्का रहोस नेपाल का गु खाने मन्त्री र घुसखोरी कालो बजारी गर्ने चोर हरु??

  • 3 करोड जनता मध्य 1 करोड जतिमा केही बाल बच्चा केही वृद्ध बृदा केही अशक्त छ्न भने केही भ्रष्ट घुस्याहा फटा छ्न भने बाकी 2 करोड नेपाली जनता रबि लामिछानेको पक्षमा छन् राम्रो काम गर्नेलाई कसरी जेल हाल्दो रहेछन् ! जनता चुप लागेर बस्ने छैन्न अब ! सहि र सत्यको लागि जे पनि गर्न तयार छन् त्यसैले रबि लामिछाने लाई न डरा ई कन आफ्नो काम गरि रहन आघ्र गर्दछौ !

  • रबि लामिछाने एक असल नागरिक हो रबि लाई कारभाइ गर्छु भन्नेहरु,रबिलाई सड्यन्त्र गर्नेहरु लुटेराहरु
    हुन

  • Rabilai Phasaunako laagi dherai groupharu sakriya vayeko paiyeko chha… , Yo kura vaneko Rabile gareko pragati, progress ra real ghatanaharu biruddama ho. Jantalai sahi suchana ra jaagaruk banaune manchhelai phasaune kam vayeko chha… yo nindaniya chha…,

  • घुस खान नपायेकाहरु को हर्कत हो राम्रो मन्छे आयेर काम गर्दा घुस खान नपायेर चरित्र हत्या गर्न खोज्या हो येस्तो हुन दिनु हुन

  • मान्छे होस् त रबि लामिछाने जस्तो!! सबैको मन जित्न सफल भएको ब्यक्ति ।।।।। जुन मान्छे रबि लामिछाने जस्तो राम्रो ब्यक्ति को कुरा को पछाडी लाग्छ त्यस्ता मान्छे यो देस र समाजका चोर डाका फटाहा गद्दार हरु हुन।।।। र तिनीहरू मान्छे को नाममा राक्षस हुन।।। जसले राम्रो र नराम्रो छुट्टाऊनै जान्दैन।।।।।।

  • मान्छे होस् त रबि लामिछाने जस्तो!! सबैको मन जित्न सफल भएको ब्यक्ति ।।।।। जुन मान्छे रबि लामिछाने जस्तो राम्रो ब्यक्ति को कुरा को पछाडी लाग्छ त्यस्ता मान्छे यो देस र समाजका गद्दार हरु हुन।।।। र तिनीहरू मान्छे को नाममा राक्षस हुन।।। जसले राम्रो र नराम्रो छुट्टाऊनै जान्दैन।।।।।।

  • मान्छे होस् त रबि लामिछाने जस्तो!! सबैको मन जित्न सफल भएको ब्यक्ति ।।।।। जुन मान्छे रबि लामिछाने जस्तो राम्रो ब्यक्ति को कुरा को पछाडी लाग्छ उसको खुट्टा तान्ने काम गर्छ ।।। जसले राम्रो र नराम्रो कुरा छुट्टाऊनै जान्दैन।।।।।। तिनीहरू लाई के नाम दिनु??????

  • You karbahi human sakdaina yedi karbahi hunehola vane mahangi badhayera janta Marna khojne srkarlai karbahi garneki nagrnetw?

  • यस्तै हो नेपाली चोर नेता हरुले गर्दा नेपाल ले
    अहिलेसम्म कुनै प्रगति गर्न सकेको छैन सबै ठुुलाा
    बढाहरु विदेशि डलर कमाउदै ठिक्कछन।अनि
    कसैले राम्रो काम गरेको देख्नै हुदैन कसरी त्यको
    खुु्ट्टटा तानेर तलझार्ने कामतिर लाग्छन।त्यसैले
    रबि सरलाई दबाउन खोज्दैछन।नडराउदा हुन्छ।
    नेपाली जनता तपाईको साथमा छ।

  • कानुन सम्बन्धि न्युज लेख्दा बुझेर लेखे राम्राे हुने थियाे ।

  • यो ऊजुरी दिनेलाई चै फाँसी दीनु पर्छ कीनकी राम्रो काम गर्नेलाई ऊजुरी गर्ने नै भ्रष्ट हो।

  • maile bujhe anusar manis ek galti ko bhandar ho jun sukai manab ma pani galti hunxa .tara ravi jasto uchha bichar ra des premi lai yo jel halnu bhaneko sarasar galat xa yadi hamro desh ma kanun xa kanun baneko xa bhane jel tiniharulai halna saknu parxa jo desma bhartachar ani garub janatalai sosera aafno pet matra bharekaxan bichara rabi jile gareko kam ko pragati dekhna nasakera uhalai jel halne nirnaya yo kadapi huna sakdaina . ani maile suneanusar mantrimandal ka kunai pani karmachari le kunai pani kisimko aparadh garepaxi uhaharu ko pad kharej nagari karbahi hune tyo pani nyuna kisim le.tara ravu le euta news ma sacho kuro bahira lya bhandai tin sal jel wawawA salam xa kanun banaune kanuni masayaharu.tapaiharu k ahile samma kunai galti nagari basnubhako xa nirnaya pani aruko ta kati sajilai garidinuhunxa hai
    aaf mafi garidinus jo ki yadi raviji bata kunai galti bhaya hola tara uha testo manxe haina jo hajur harulai sochama parera uhalna lagayaka xan.tiniharu bilkul gaddari gardai xan tesaile sarasar rabiji lai jel halnu bhaneko galt ho tin karod purai ta hoina 2karod janata rabiko bichar swikarna samahat xan yadi ravi lai jel halne nirnaya garnu bhanda pahila yo bhannuhos ki rabhi ko yariya ma kam garera ma pani 99%janatako man jitna skxu ani garera dekhaunu pani paryo tesma koi maika lalako dam xaina rabhi lai aam mafi bhio yasma kunai soman nai xaina

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया