यी हुन् कांग्रेस नेताहरूको दिमागको बत्ती बाल्ने टप नेता

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाली कांग्रेस अब मिलेर जानुको विकल्प नभएको बताएका छन् ।

मकवानपुरको हेटौंडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरूको भेलालाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले गुट उपगुटको फाइदा नरहेको बताएका हुन् ।

कम्युनिस्टहरूमात्र हैन उत्तर कोरिया र अमेरकाजस्तो राष्ट्रसमेत मिलिसकेकाले कांग्रेसमा तिक्तता बोकेर बस्ने दिन गएको उनको धारणा थियो ।

‘वामपन्थीबीच एकता भएको छ । उत्तर कोरिया र अमेरिकाबीच एकता भइसकेको छ । हाम्रोबीचमा किन ? यो तिक्तता अन्त्य हुनुपर्छ’, कोइरालाले भने ।

सम्पूर्ण राष्ट्रको ध्यान हेटौंडामा कांग्रेस जिल्ला सभापतिहरूकोमा भएको उल्लेख गर्दै कोइरालाले कांग्रेस एक नम्बरमा आउनका लागि जिल्ला सभापतिहरूको दायित्व भएको बताए ।

उनले भने, ‘तपाईँहरूले कांग्रेसलाई एक बनाएर लैजानुपर्छ । आज एकआपसमा मेल नभर्इ कांग्रेसको भविष्य बन्न सक्दैन । यसमा सभापतिहरूको भूमिका रहन्छ । कांग्रेसले गरेका कामहरूलार्इ पछ्याएर हामी बढ्नुपर्छ । राष्ट्र निर्माणमा हामी अघि बढ्नुपर्छ ।’

कांग्रेसले मुलुकमा धेरै परिवर्तन ल्याए पनि जनतामाझ आफ्नो कुरा भन्न नसकेको र गुटउपगुटले यस्तो निर्वाचन परिणाम बिग्रेको भन्दै उनले नेताहरू मिल्नुपर्ने सुझाव दिए ।

‘हामी एक भएर लागेमा वामपन्थीहरू मिलेर पनि हराउन सक्दैन । जिल्ला सभापतिहरूले एक स्वरले भन्न सक्नुपर्छ नेपाली कांग्रेस अब एक हुनुपर्‍यो’, कोइरालाले भने ।

Published : Tuesday, 2018 June 19, 8:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया