कांग्रेसले देखाइदियो कम्युनिस्टहरूको असली ‘औकात’

हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टको हातमा लोकतन्त्र सुरक्षित हुन नसक्ने बताएका छन् ।

मकवानपुरको हेटौडामा आजबाट शुरु भएको कांग्रेस जिल्ला सभापतिहरूको चौथो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्टहरू लोकतन्त्रवादी हुनै नसक्ने बताएका हुन् ।

‘कम्युनिष्टहरू लोकतन्त्रबादी हुन् भन्ने भ्रम बाघ साकाहारी हुन्छ भन्ने जत्तिकै हो’, देउवाको भनाई छ । उनले वर्तमान सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएको आरोप लगाउँदै गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दावी समेत गरे ।

सभापति देउवाले पछिल्लो निर्वाचनमा पार्टीले पराजय भोग्नुको कारणबारे केन्द्रीय कार्यसमितिमा गम्भीर र सुक्ष्म रुपले छलफल भएको भन्दै दुईटा ठूला कम्यूनिष्ट पार्टीहरूको चुनावी गठबन्धन नै हारको प्रमुख कारण भएको दोहोर्‍याए ।

उनले निर्वाचनमा एमाले र माओवादीको गठबन्धनको सम्भावनालाई अनुमान गरेको भन्दै स्थानीय तहको पहिलो चरणको निर्वाचनमा केहि स्थानमा माओवादीलाई सहयोग गर्ने नीति लिँदा पार्टी भित्र र बाहिरवाट उत्पन्न केहि जटिलता देखा परेको बताए ।

‘ठाउँ ठाउँमा अन्तर्घात भएका गुनासा व्यापक छन् । अन्तर्घात समेतका कुरा पनि पार्टी पराजयको कारण हुन् । यस विषयलाई पनि गम्भीरतापूर्वक हेर्न जरुरी छ’, देउवाले भने ।

Published : Tuesday, 2018 June 19, 7:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया