ओलीले तत्कालीन माओवादीलाई यसरी पाखा लगाए

काठमाडौं । चीन प्रस्थान गर्नु अगाडि प्रधानमन्त्री एवम् नेपाल कम्यनिस्ट पार्टीका अध्यक्ष केपी ओलीले तीनजना नेताहरूलाई विभिन्न जिम्मेवारी दिएका छन् ।

ओलीले नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन् । दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार पत्नीको उपचार गर्न सिङ्गापुर गएकाले ओलीले नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नेपाललाई दिएका हुन् । नेपाल पार्टीभित्र तेस्रो वरीयताका नेता हुन् ।

२०६४ सालको निर्वाचनमा पार्टीको पराजयपछि महासचिव पदबाट राजीनामा दिएका नेपालले त्यसपछि पार्टी प्रमुखको जिम्मेवारी सम्हालेको यो पहिलो हो । उनी १४ वर्ष एमालेको नेतृत्व गरेपछि वरिष्ठ नेताको हैसियतमा थिए ।

ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा रहेका उपप्रधानमन्त्री पोखरेल यसअघि ओली भारत भ्रमणमा जाँदा पनि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए ।

नेकपा संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवास नेम्वाङलाई दिइएको छ । कार्यवाहकको जिम्मेवारी पाउने तीनैजना नेता तत्कालीन एमालेका परेका हुन् ।

Published : Tuesday, 2018 June 19, 10:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया