कोसँग रक्सी पिउँदै छन् मुख्यमन्त्री पौडेल ? बाहिरियो तस्बिर

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले व्यापारीसग रक्सी पिउँदै गरेको तस्बिर ‘लिक’ भएको छ ।

व्यापारी अजेयराज सुमार्गीसँग सँगै बसेर रक्सी पिउँदै गरेको तस्बिर सार्वजनिक भएपछि मुख्यमन्त्री पौडेलको आलोचना शुरु भएको छ ।

सामाजिक सञ्जालमा कम्यनिस्ट नेता भएर पनि रक्सी पिउदै गरेको तथा आफ्नो पदीय हैसियत भुलेको भनेर पौडेलको आलोचना भएको छ ।

तस्बिरमा व्यापारी सुमार्गी र मुख्यमन्त्री पौडेल एउटै सोफामा बसेर रक्सीसहितका खानेकुरा खाँदै गरेका छन् ।

तत्कालीन नेकपा (एमाले)बाट प्रदेश सभामा विजयी भएका पौडेलले अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा पराजित गरेर मुख्यमन्त्री पद पड्काएका थिए ।

मुख्यमन्त्री पौडेल प्रधानमन्त्री समेत रहेका नेपाल कम्यनिस्ट पार्टीका अध्यक्ष केपी ओलीका निकटका मानिन्छन् ।

Published : Monday, 2018 June 18, 6:29 pm

1 प्रतिकृया प्राप्त “कोसँग रक्सी पिउँदै छन् मुख्यमन्त्री पौडेल ? बाहिरियो तस्बिर”

  • Badal sir le raksi piwoone nepaliko banima ankush lagaudai hunuhuchha thahanapaye jastochha…
    Ki khoye birkelai matra kadai ho ki?

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया