यी हुन् कांग्रेस सिध्याउने महिला नेतृ, यसरी हुँदै छ नोक्सान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै पत्नी आरजु राणाका कारण संकटमा परेका छन् । पत्नी आरजु राणा देउवाको अनावश्यक दवावका कारण पार्टी नेतृत्वबाट पकड गम्दै गएको छ ।
प्रतिनिधि सभा निर्वाचनमा कम्युनिस्टहरू पार्टीहरू बलियो भएसँगै कांग्रेसभित्रको अन्तर द्वन्द्वले रुक्ने नाम लिएको छ ।
यस्तो अवस्थामा सभापति देउवालाई पत्नी आरजुको महत्वकांक्षाले ठूलो भूमिका खेलेको आरोप लागेको छ ।
सभापति शेरबहादुर देउवाले कांग्रेसलाई नाजुक अवस्थामा पु-याएको भन्दै विरोधी समूहहरू एक ठाउँमा आएपछि पार्टीभित्रको अनतर द्वन्द्व बढ्दै गएको हो ।
कांग्रेसभित्रको अन्तर द्वन्द्व यसरी बढ्दै गएको छ कि सभापति देउवा समूहलाई सबैतिर घाटा पुगिरहेको छ । भातृसंस्थाका अधिवेशनहरूमा देउवा समूह नराम्रोसँग पराजित भइरहेको छ ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले पनि देउवा समूह आन्तरिक रुपमा कमजोर रहेको स्वीकार गरेका छन् । ‘सभापति शेरबहादुर देउवाज्यूको पक्ष कमजोर भएको महशुस भएको छ’, उनले भनेका छन्, ‘यसबारेमा पनि कुराकानी भएको छ ।’
पार्टीमा सभापति देउवाको प्रभाव कांग्रेस र त्यसका भातृसंस्थाभित्र खुम्चिन थालेको छ । तीन भ्रातृसंस्थाको निर्वाचन परिणामले देउवाको प्रभाव घट्दै गएको पुष्टि गरेको छ ।
देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी लगायतको समूह सक्रिय छ । यो समूहले देउवालाई हराउन भातृसंस्थाहरूका निर्वाचनमा एक हुने गरेका छन् । यसको नोक्सानी सिधै देउवा समूहलाई पर्दै आएको छ ।
देउवा सारथीहरू विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, डा.प्रकाश शरण महत, बालकृष्ण खाँण, मीनबहादुर विश्वकर्मासहितका नेताहरू छन् । तर, उनीहरूले पनि मन लगाएर देउवालाई सहयोग नगरेको आरोप छ ।
देउवलाई आफ्नी पत्नी आरजु राणाको हस्तक्षेपले कांग्रेसभित्रको राजनीतिलाई ठूलो असर पु-याएको छ । पति सभापति भएका बेला आरजुले कांग्रेसको सक्रिय राजनीतिमा आफ्नो पकड बनाउन खोजेकी छिन् । कांग्रेसका एक नेताले भने, ‘आरजु देउवा राणाको गलत सुझाव र सल्लाहका कारण सभापतिज्यू हरेक ठाउँमा फस्दै जानुभएको छ । आफ्ना समूहका नेताहरूको कुरै सुन्नु हुन्न ।’
पार्टीको प्रभावशाली तथा सदस्य संख्या ठूलो भएको भ्रातृसंस्था ट्रेड युनियन कांग्रेसमा देउवाविरोधी खेमा एकलौटी विजयी भएको छ ।
१७ पदाधिकारीसहित ४१ पदमा शुक्रबार भएको निर्वाचनमा देउवापक्षीय प्यानलबाट एक सदस्य मात्रै निर्वाचित भए । सबै पदाधिकारीसहित अन्य सदस्य संस्थापनइतर पक्षले जितेको छ ।
डेढ महिनायता भएका अधिवेशनमा पार्टीका प्रभावशाली भ्रातृ तथा शुभेच्छुक संस्था नेपाल शिक्षक संघ र निजामती कर्मचारी संघसमेत देउवाले आफ्नो पक्षमा राख्न सकेनन् ।
जबकि यी तीनवटै भ्रातृसंस्थामा यसअघि बहुमतसहित देउवा पक्षको नेतृत्व थियो । तीनवटै भ्रातृसंस्था संस्थापनइतर पक्षले जितेपछि देउवालाई ठूलो झड्का मात्रै लागेको छैन, कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दासमेत बलियो बन्दै गएको छ ।
देउवा पार्टी र सरकारको दुवै मोर्चामा असफल भएको तर्क संस्थापनइतर पक्षको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजित भएपछि सभापति देउवाले त्यसको नैतिक जिम्मेवारी लिनसमेत अस्वीकार गर्दै आएका छन् । यसै विषयमा केन्द्रीय कार्यसमितिको बैठक दुई सातासम्म चलेको थियो ।
बैठकमा देउवाले नैतिक जिम्मेवारीसमेत लिन अस्वीकार गरेपछि निर्वाचन हारको जिम्मेवारी पूर्ण केन्द्रीय कार्यसमितिले लिएको थियो । पछिल्लो पटक प्रतिपक्षीय भूमिकामा समेत कांग्रेस कमजोर देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत