कांग्रेसलाई ‘बाघ’ बनाउन कम्मर कसे यी नेताले, निधिको मनमा चिसो पस्यो

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्ना विरोधीहरूलाई छानीछानी पाखा लगाउन शुरु गरेका छन् ।

१४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने भनेर आफू निकटका नेताहरूलाई बताउने गरेका निधिले आफ्नो योजनामा अवरोध नहोस् भनेर विरोधी नेताहरूलाई छानीछानी ठेगान लगाउने गरेको आरोप छ ।

सभापति शेरबहादुर देउवाले केही दिन अगाडि पदाधिकारी र केन्द्रीय सदस्यहरू मनोनीत गरे । मनोनीत हुने पदाधिकारी र सदस्यहरूमा निधिको ठाडो हस्तक्षेप रहेको एक नेताले बताए । निधिकै दवावमा देउवाले अमरेशकुमार सिंहलाई केन्द्रीय सदस्यमा मनोनीत नगरेका हुन् ।

सभापति देउवाले सर्लाहीबाट निर्वाचित सांसद सिंहलाई केन्द्रीय सदस्य बनाउने भनेर आश्वासन दिएका थिए । तर, उपसभापति निधिकै कारण सिंह केन्द्रीय सदस्य बन्न नपाएको स्रोतको भनाइ छ ।

‘विमलेन्द्र निधिजीले आफूलाई खतरा भएको महशुस हुनेवित्तिकै नेताहरूलाई तलै रोकिहाल्नु हुन्छ’, स्रोतले भन्यो, ‘प्रदेश २ मा पछिल्लो समय अमरेशकुमार सिंहले संगठन गर्दै आउनु भएको छ । लोकप्रिय बढ्दै गएको छ । सभापति बन्ने बाटोमा अवरोध गर्छ कि भनेर डराएर निधिले केन्द्रीय सदस्यमा मनोनीत गर्न दिनुभएन ।’

पछिल्लो समय युवा नेता सिंहले कांग्रेसलाई तराईमा मात्रै नभइ पहाड र हिमालमा पनि बलियो बनाउने अभियानमा लागेका छन् । उनी निकटका एक नेताले भने, ‘कांग्रेसलाई बाघ जस्तो बनाउनु पर्छ भन्ने गर्नु हुन्छ । त्यही भएर काठमाडौंमा भन्दा पनि गाउँघरतिर उहाँले धेरै समय दिने गर्नुभएको छ ।’

प्रदेश २ मा उपसभापति निधिको पकड कमजोर बन्दै गएको छ । नेता कार्यकर्तासँग झर्किएर बोल्ने स्वभावका कारण निधिलाई धेरैले रुचाउँदैनन् ।

निधिको त्यही स्वभावका कारण प्रतिनिधि सभाको निर्वाचनमा राजपा नेपालका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

Published : Friday, 2018 June 15, 11:20 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया