मूल्य वृद्धि हुनु स्वभाविक होः विष्णु रिमाल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मूल्य वृद्धिको प्रक्रिया स्वभाविक रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिमालले मूल्य वृद्धि स्वभाविक भएको बताए ।

‘मूल्य वृद्धि स्वभाविक प्रक्रिया हो’, उनले भने, ‘मुद्रास्फितीले पनि मूल्य बढ्छ । तर, मूल्य बढ्यो भन्दैमा बजारलाई यत्तिकै छाड्नु हुँदैन । मूल्य नियन्त्रण गर्नुपर्छ ।’

मुलुकमा सबै सामानहरू बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहेको भन्दै ओलीका सल्लाहकार रिमालले भने अलिअलि मूल्य वृद्धिको दवाव बढ्नु जायज रहेको बताए । उनले मूल्य वृद्धि गर्ने व्यापारीलाई कारबाही गरिने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नयाँ सम्झौताभन्दा पनि विगतका सहमति कार्यान्वयन गरिने रिमालले बताए । उनले भने, ‘पहिलेका सहमति कार्यान्वयनमा हाम्रो जोड रहन्छ ।’

Published : Thursday, 2018 June 14, 11:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया