ब्युँतिएको माओवादी केन्द्रले भन्यो प्रचण्डलाई ‘गद्धार’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले जनयुद्धको धावनमार्ग प्रचण्डले भत्काएको भन्दै आफूले पुनर्निर्माण गर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष किरातीले प्रचण्डले माओवादी केन्द्र परित्याग गरेको दावी गरे । किरातीले आफूहरू अब रुपान्तरणसहितको नेकपा (माओवादी केन्द्र)को निर्माणमा लागेको बताए ।

किरातीले प्रचण्डलाई जनता र माओवादी आन्दोलनसँग गद्धारी गरेको आरोप लगाए ।

उनले आगामी कात्तिकमा राष्ट्रिय भेला बोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने लक्ष्यका साथ अगाडि बढेको बताए ।

अध्यक्ष किरातीले प्रचण्डलाई संभ्रान्त वर्गमा बदलिएको आरोप लगाउँदै प्रचण्डका साथै केही कार्यकर्ताहरू उनको पछि लागेको बताए । उनले भने, ‘प्रचण्ड र बाबुराम भट्टराई अन्तिममा आएर पुँजीवादी गणतन्त्रतिर लाग्नु भयो । हामी सर्वहारा वर्गको पक्षमा छौं ।’

Published : Wednesday, 2018 June 13, 8:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया