कांग्रेसको नयाँ सभापति शशांक कि शेखर ?

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले गति लिइरहेका बेला कोइराला परिवारका दुई शक्तिशाली नेताबीच उत्तराधिकारीलाई लिएर मनमुटाव बढेको छ ।

कांग्रेसको भावी नेतृत्वमा कार्यकर्ताले डा.शशांक कोइराला र डा.शेखर कोइरालालाई लिइरहेका बेला यी दुईबीच मनमुटाव भएको खबर बाहिरिएको हो । स्रोतका अनुसार दुईभाई एकअर्का उपस्थित हुने सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदैनन् ।

महामन्त्री समेत रहेका डा.शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट दुरी बढाउँदै लगेका छन् । डा.शशांक कोइरालालाई सभपाति शेरबहादुर देउवाको मौन संरक्षण रहेको एक नेताको भनाइ छ । डा.शेखर कोइरालालाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले धेरै रुचाउँदैन । तैपनि देउवाभन्दा पनि डा.शेखर कोइराला पौडेल समूहसँग निकट छन् ।

कार्यकर्तामा दुबै नेता लोकप्रिय छन् । डा.शशांक कोइरालाभन्दा पनि डा.शेखर कोइराला कार्यकर्तामाझ भिज्न जानेका नेता हुन् । डा.शेखर कोइराला जहाँ पनि फिट् हुन्छन् । तर, महामन्त्री डा.शशांक कोइरालाले कार्यकर्तालाई छिटो चिन्दैनन् । विपी कोइरालाको कान्छो छोरा भए पनि डा.शशांक कोइरालामा राजनेतामा हुनुपर्ने गुण छैन भन्नेहरू धेरै छन् ।

कांग्रेसको आगामी नेतृत्व कसले लिने भनेर दुई दाजुभाईबीच बोलचाल नै बन्द भएको स्रोतले जनाएको छ । डा.शशांक कोइराला पछिल्लो समय सभापति देउवासँग अघोषित गठबन्धनमा छन् । आगामी महाधिवेशनमा सभापति बन्ने भित्री खेलमा डा.शशांक कोइराला लागेका छन् ।

दुईभाईबीच फोनमा समेत कुराकानी हुन छोडेको छ । देउवाको साथ हुने हो भने डा.शशांक कोइराला १४औँ महाधिवेशनबाट सभापति बन्ने पक्का छ ।

१३औँ महाधिवेशनमा डा.शेखर कोइरालाले डा.शशांक कोइरालालाई महामन्त्रीमा ठूलो सहयोग गरेका थिए । तर, भाई डा.शशांक कोइरालाले आफूसँग कुनै परामर्श नै नगरेर देउवासँग निकटता बढाएकोमा असन्तुष्ट छन् ।

डा.शेखर कोइराला १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने मुडमा छन् । सोहीअनुसार डा.शेखर कोइरालाले गाउँदेखि जिल्लासम्म गतिविधि चलाइरहेका छन् ।

Published : Tuesday, 2018 June 12, 8:31 pm

1 प्रतिकृया प्राप्त “कांग्रेसको नयाँ सभापति शशांक कि शेखर ?”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया