ओली सरकार घेर्ने कसरी लिक भयो कांग्रेसको ‘डेञ्जर’ प्लान ?

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको चरम लापरवाही भएको चालपाएपछि नेपाली कांग्रेसले संसद अबरोध गर्ने योजना बनाएको सुइको पाएका सभामुख कृष्णबहादुर महराले संसदको बैठक अचानक रोकेका छन् ।

सरकारले विनियोजन विधेयकमाथिको छलफलका लागि आवश्यक पर्ने तयारी नगरेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आइतबारको संसद बैठक अबरोध गर्ने तयारी गरेको थियो ।

संसदमा विशेष समय सकिने वित्तिकै कांग्रेसका सांसद अतहर कमाल मुसलमानले मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकमाथि छलफल अगाडि सरकारले किताब वितरण नगरेको भन्दै कुरा उठाउन खोजेका थिए ।

कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले मुख्य सचेतक बालकृष्ण खाँडलाई संसदभित्रै भेटेर सरकारले विनियोजन विधेयकको किताबहरू नआएको र सदन अबरोध गरेर जानकारी माग गरेर अबरोध गर्नुपर्ने सुझाव दिएका थिए । त्यसपछि खाँड र डा.रिजालको आग्रहपछि कांग्रेसका सांसद मुसलमान सदनमा बोल्न तयार भएका थिए ।

तर, सभामुख महराले कांग्रेसका सांसद मुसलमानलाई बोल्न नदिइ ‘बस्नुस् ! मलाई बोल्न दिनुस्’ भनेर आइतबारको संसद बैठक चल्दा चल्दै बीचैमा सोमबार बिहान ११ बजेसम्मका लागि रोकेका थिए । महराले किताब नआएका कारण विशेष कारणबस संसद बैठक स्थगित गर्नुपरेको सदनलाई जानकारी गराएका थिए ।

संसदको आइतबारको बैठकमा सांसदहरूले विशेष समयमा धारणा राखेका थिए ।

विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची थियो । विनियोजन विधेयकअन्तगर्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यक्रम थियो ।

Published : Sunday, 2018 June 10, 6:50 pm

1 प्रतिकृया प्राप्त “ओली सरकार घेर्ने कसरी लिक भयो कांग्रेसको ‘डेञ्जर’ प्लान ?”

  • सम्सद बैठक बसे पनि नबसे पनि तलव भत्ता खान पाइहाल्छौ किन बस्नु पर्यौ बैठक अनि जनतालाइ चरम महङ्गिमा हालेर आफ्नो पेटभर्न पाकै छौ एहि त होला नि नयाँ नेपालको लोक्तन्त्र,समृध्दी,बिकास र अमनचयन भनेको हैनर नेता ज्यु।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया