ओली सरकार घेर्ने कसरी लिक भयो कांग्रेसको ‘डेञ्जर’ प्लान ?

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको चरम लापरवाही भएको चालपाएपछि नेपाली कांग्रेसले संसद अबरोध गर्ने योजना बनाएको सुइको पाएका सभामुख कृष्णबहादुर महराले संसदको बैठक अचानक रोकेका छन् ।
सरकारले विनियोजन विधेयकमाथिको छलफलका लागि आवश्यक पर्ने तयारी नगरेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आइतबारको संसद बैठक अबरोध गर्ने तयारी गरेको थियो ।
संसदमा विशेष समय सकिने वित्तिकै कांग्रेसका सांसद अतहर कमाल मुसलमानले मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकमाथि छलफल अगाडि सरकारले किताब वितरण नगरेको भन्दै कुरा उठाउन खोजेका थिए ।
कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले मुख्य सचेतक बालकृष्ण खाँडलाई संसदभित्रै भेटेर सरकारले विनियोजन विधेयकको किताबहरू नआएको र सदन अबरोध गरेर जानकारी माग गरेर अबरोध गर्नुपर्ने सुझाव दिएका थिए । त्यसपछि खाँड र डा.रिजालको आग्रहपछि कांग्रेसका सांसद मुसलमान सदनमा बोल्न तयार भएका थिए ।
तर, सभामुख महराले कांग्रेसका सांसद मुसलमानलाई बोल्न नदिइ ‘बस्नुस् ! मलाई बोल्न दिनुस्’ भनेर आइतबारको संसद बैठक चल्दा चल्दै बीचैमा सोमबार बिहान ११ बजेसम्मका लागि रोकेका थिए । महराले किताब नआएका कारण विशेष कारणबस संसद बैठक स्थगित गर्नुपरेको सदनलाई जानकारी गराएका थिए ।
संसदको आइतबारको बैठकमा सांसदहरूले विशेष समयमा धारणा राखेका थिए ।
विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची थियो । विनियोजन विधेयकअन्तगर्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यक्रम थियो ।
1 प्रतिकृया प्राप्त “ओली सरकार घेर्ने कसरी लिक भयो कांग्रेसको ‘डेञ्जर’ प्लान ?”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
सम्सद बैठक बसे पनि नबसे पनि तलव भत्ता खान पाइहाल्छौ किन बस्नु पर्यौ बैठक अनि जनतालाइ चरम महङ्गिमा हालेर आफ्नो पेटभर्न पाकै छौ एहि त होला नि नयाँ नेपालको लोक्तन्त्र,समृध्दी,बिकास र अमनचयन भनेको हैनर नेता ज्यु।