हेपाहा प्रवृत्ती देखाउने आयोगलाई राजपाको ठाडै जवाफ

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगसँग ६ महिनाका लागि महाधिवेशनको म्याद थप गर्न आग्रह गरेको छ ।

आयोगले कडिकडाउ गर्दै असार मसान्तभित्र महाधिवेशन गर्न निर्देशन दिएपछि आयोगले म्यद थपका लागि आग्रह गरेको हो । आयोगले बिहीबार राजपालाई पत्र पठाएको थियो । त्यसपछि शुक्रबार काठमाडौंमा अध्यक्षमण्डलको बैठक बसेर म्याद थपका लागि आग्रह गर्ने निर्णय गरिएको नेता राजकिशोर यादवले जानकारी दिए ।

आगामी अधिवेशसनसम्मका लागि राजपाले विधान बनाउने तयारी गरेको छ । सो विषयमा राजपाभित्र छलफल भइरहेको छ ।

गत वर्ष असार २३ गते महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्तिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी एकीकरण गरी नयाँ दल दर्ता गर्न आयोगमा निवेदन दिएका थिए । अयोगले असार ३० गते राजपालाई मान्यता दिएको थियो ।

एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीलाई कानून र निर्वाचन आयोगको ऐन विपरित दर्ता गरेको आयोगले राजपालाई पेलेर महाधिवेशन गर्न निर्देशन दिएको थियो । नेकपाले केन्द्रीय कमिटीमा ३३ प्रतिशत राख्नु पर्ने संवैधानिक प्रावधान समेत उल्लंघन गरेको छ ।

तर, आयोगले नेकपालाई दर्ता गरिदिएको छ । त्यति मात्रै होइन आयोगले अर्को दलसँग नाम जुध्ने गरेर सत्तापक्षको नेकपालाई दर्ता गरिदिएको छ ।

Published : Friday, 2018 June 8, 4:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया