सरकारविरुद्ध तराईमा प्रदर्शन, नेविसंघले लियो कमाण्ड

वीरगञ्ज । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले बारा जिल्लामा केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

नेविसंघका कार्यकर्ताले शुक्रबार बिहान बारामा प्रदर्शन गरेका हुन् । उनीहरूले ओली सरकारविरुद्ध नारावाजी गर्नुका साथै वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन माग गरे ।

सरकारले सर्वसाधारण जनताको दैनिक जीवनमा असर पर्ने गरेर मूल्य वृद्धि गरेपछि नेविसंघले प्रदर्शन गर्दै आएको छ ।

नेविसंघको केन्द्रीय नेतृत्वले पनि मातहतलाई मूल्य वृद्धिविरुद्धको आन्दोलनलाई चर्काउन निर्देशन दिएको छ । ओली सरकारविरुद्ध दिनप्रति दिन आन्दोलन बढ्न थालेको छ ।

Published : Friday, 2018 June 8, 12:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया