नेकपाका सांसदले देखाए जगत हँसाउने रमिता, मञ्जुले चड्काइ दिइन गालामा

जनकपुर । प्रदेश २ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको कार्यालयमा सांसदबीच झगडा भएको छ ।

योजना टापइप गर्ने विषयमा भएको विवादले उग्ररुप लिएपछि नेकपाकी समानुपातिक सांसद मञ्जु यादवले धनुषा क्षेत्र नं. १ ‘क’ निर्वाचित सांसद किशोरी साहलाई गालामा चड्काइ दिएकी हुन् ।

मंगलबार प्रदेशसभा बैठक सकिएपछि संसदीय दलको कार्यालयमा तत्कालीन एमालेकी सांसद यादवले सांसद साहलाई गालामा चडुकाइ दिएको प्रत्यक्षदर्शीले बताए ।

दलको कार्यालयमा सांसदहरूको योजना कम्युटरमा टाइप गर्ने क्रममा भएको विवादमा यादवले महतोलाई झापड हानेको नेकपाका सांसदहरूले बताएका छन् ।

पार्टीका सांसदहरूले बुझाएको योजना मन्त्रालय पठाउन कम्प्युटरमा टाइप गर्ने व्यक्तिसित सांसद यादवको विवाद चुलिएको थियो ।

सांसद यादवले आफ्नो योजना आफैं टाइप गर्ने बताएपछि उनीहरूबीच विवाद बढेको थियो । कम्प्युटर अपरेटरसँग सांसद यादवको सामान्य भनाभन भइरहँदा सांसद साह झोक्किँदै आएर ‘बकबक गर्छस्, बढी बोले २ झापड हान्छु’ भन्दै दुर्व्यवहार गरेका थिए।

सांसद साहको अपशब्द सुनेपछि आक्रोसित भएकी सांसद यादवले झापड प्रहार गरेकी थिइन् ।

सांसद साहलाई झापड हान्दा संसदीय दलका नेता सत्यनारायण मण्डल र अर्का सांसद नागेन्द्र साह त्यहीं थिए । सांसदको झापड प्रकरणले नेकपाभित्र विवाद चर्किएको छ ।

Published : Wednesday, 2018 June 6, 7:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया