प्रदेश सांसद पन्तको पद फुत्कियो, पाण्डे मालामाल

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश पाँचको रिक्त रहेको प्रदेशसभा सदस्यमा कल्पना पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बबरमहलस्थित पार्टीको मंगलबार काठमाडौंमा बसेको अध्यक्षमण्डल बैठकले पाण्डेलाई प्रदेश ५ को प्रदेशसभा सदस्य बनाउने निर्णय गरेको हो ।

समानुपातिकतर्फबाट प्रदेश पाँचको प्रदेशसभा सदस्य छानिएकी विनु पन्तले स्वास्थ्यका कारण देखाउँदै दिएको राजीनामा दिएकी थिइन् । पन्तको राजीनामा स्वीकृत गर्दै पाण्डेलाई नियुक्त गरिएको नेता राजकिशोर यादवले जानकारी दिए ।

पार्टीको बुधबार बस्ने अध्यक्ष मण्डलको बैठकमा पार्टी महाधिवेशनको तयारी र विधान निर्माण तथा संसदीय दल गठनका विषयमा केन्द्रित हुनेछ ।

आगामी महाधिवेशनको तयारी र पार्टी संसदीय दल गठनका विषयमा आवश्यक निर्णय लिन बुधबारपनि अध्यक्षमण्डलको बैठक बोलाइएको नेता महतोले बताए ।

राष्ट्रिय जनता पार्टी, नेपालले महाधिवेशनको तयारी अन्तरगत गाउँदेखि केन्द्रसम्मका सबै तहको अधिवेशनको कामलाई अघि बढाउन राजनीतिक समितिको बैठक तत्काल बोलाउने निर्णय पनि गरेको छ ।

Published : Tuesday, 2018 June 5, 7:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया