दाङको राप्ती गाउँपालिकामा भयो उदाहरणीय कार्यक्रम

मसुरिया । ४६औँ विश्व वातावरण दिवस दाङको राप्ती गाउँपालिकाले विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको छ ।

राप्ती गाउँपालिकाको मुख्यालय मसुरियामा मंगलबार विशेष कार्यक्रमका साथै अन्तरक्रिया र वृक्षरोपण गरेर दिवस मनाइएको अध्यक्ष नुमानन्द अधिकारीले जानकारी दिए ।

राप्ती गाउँपालिकाको सम्पूर्ण क्षेत्र सफा र स्वच्छ कसरी बनाउन सकिन्छ भनेर गाउँपालिकाको गाउँ तथा बजार क्षेत्रमा सरसफाईका बारेमा जानकारी दिइएको छ ।

बढ्दो फोहर तथा प्लाष्टिक प्रदुषण निर्मुल पार्न स्थानीय सरकार र नागरिकहरूले अपनाउनु पर्ने व्यबहार तथा वातावरणको क्षेत्रमा स्थानीय सरकारले बनाएको नीति तथा कार्यक्रमका वारेमा अन्तरक्रिया गरिएको थियो ।

आगामी दिनमा गाउँपालिकाको पहलमा स्थानीय सरोकारवालहरूको साथ लिएर फोहरको उचित व्यवस्थापन तथा प्लाष्टिक प्रयोग न्यूनीकरणको व्यवस्थापन गर्नुपर्ने कार्यक्रममा सहभागीहरूले जोड दिएका छन् ।

राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय परिसरमा कार्यक्रमका सहभागीहरूले वृक्षरोपण समेत गरेका थिए ।

राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता किरण भण्डारी, नेपाली कांग्रेसका नेता दुर्योधन पाण्डे, नेपाल कम्युनिस्ट पार्टीका नेता श्यामेश चौधरी, राष्ट्रिय जनमोर्चाका नेता केशवराज खनाल, नेपाल कम्युनिष्ट पार्टीका सुरज परियार, कांग्रेसका नेता दोर्ण भुसाललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा ऐरावती आदर्श बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसी, स्थानीय शान्तराज शर्मा, राप्ती उद्योग वाणिज्य संघका टोपबहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका शिवध्वज मल्ल, कांग्रेस नेता हरि भुसाल, तारा घिमिरे, रमेश कँडेल, भुपाल नेपाली, महेश रिजाल लगायतकाले राप्ती गाउँपालिका क्षेत्रभित्रको सरसफाइ र वातावरणलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले स्वागत मन्तव्य दिएकी थिइन् । गाउँपालिकाका सह–लेखापाल रेशमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Published : Tuesday, 2018 June 5, 6:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया