कम्युनिस्टहरू हवादारी हुन् भन्ने कुरा पुष्टि भयोः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले अर्थमन्त्री युवराज खतिवडा बजेटको कडा टिप्पणी गर्दै आलोचना गरेका छन् ।

संसदमा आइतबार छलफलमा भाग लिने क्रममा थापाले वाम गठबन्धनको घोषणा पत्र हावादारी थियो भन्ने कुराको पुष्टि बजेट गरेको आरोप लगाए ।

‘कम्युनिष्ट सरकारले ल्याएको नीति बरालिएको थियो’, उनले भने, ‘त्यसैले यो बजेट पनि कतै उडन्ते कार्यक्रमको पोकाको रुपमा आउने त होइन भन्ने डर र आशंका पालिरहेकाहरूलाई बजेट घोषणाभन्दा विल्कुल फरक, नीति तथा कार्यक्रमभन्दा सम्हालिएको र सुधारको संकेत गरेको कुराले सन्तोष मानेको पाइएको छ ।’

‘कांग्रेसले थैली मात्र कस्छ भनेर हिजो आरोपित गरे पनि अहिले थैली हेरेर बजेट विनियोजन गरिएको छ । क्षेत्रगत बजेट विनियोजन गर्दै गर्दा दिगो विकासको लक्ष्य पृष्ठभूमिमा राखिएको छ त्यसकारण सन्तुलित छ’, उनले भने, ‘बजेटमा सावधानीपूर्वक कार्यक्रमहरू छ भनेर अर्थशास्त्रीले हेरेका रहेछन् ।’

कांग्रेस नेता थापाले ‘बोर्ड फर्स्ट’को अपेक्षा भैरहेका बेला ‘जस्ट पास’ले नैराश्यता बढाएको बताए । ‘बच्चा अनुत्तीर्ण हुन्छ भन्ने लागेकोलाई बच्चा पास भयो भने खुसी लाग्छ’, थापाले भने, ‘मेरो बच्चा ‘बोर्ड फर्स्ट हुन्छ भन्ने लागिरहेको बेला पास मात्र भयो भने खुसी लाग्दैन । हामीलाई यो बच्चाले ‘बोर्ड फर्स्ट’ नै ल्याउँछ भन्ने लागिरहेको अवस्थामा ‘जस्ट पास’ मात्र भएको अवस्थाले मेरो र थुप्रै साथीहरूमा नैराश्यताको मनोदशा छ ।’

Published : Sunday, 2018 June 3, 5:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया