रेखा थापाले पार्टी छाड्ने, कुन दलमा प्रवेश गर्लिन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) कि केन्द्रीय सदस्य एवम् अभिनेत्री रेखा थापाले आफ्नो दल छाड्ने तयारी गरेकी छिन् ।

उनले राप्रपा (प्रजातान्त्रिक)लाई छोड्ने अन्तिम तयारी गरेकी हुन् । स्रोतका अनुसार अभिनेत्री थापा केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएकी हुन् ।

थापाको राजनीतिक यात्रा पनि माओवादी पार्टीबाटै सुरु भएको थियो । सुरुमा उनी तत्कालीन एकीकृत माओवादी पार्टीमा प्रवेश गरेकी थिइन् । पुष्पकमल दाहाल प्रचण्डले उनलाई माओवादीमा प्रवेश गराएकी थिए ।

त्यसपछि उनी माओवादी परित्याग गरी कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी थिइन् । उनले कमल थापा नेतृत्वको राप्रपा परित्याग गरी पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेकी थिइन् ।

अभिनेत्री थापाले नेकपाका दोस्रो तहका अध्यक्ष प्रचण्डलाई भेटेकी छिन् । प्रचण्डसँगको भेटमा उनले पुनः आफू नेकपामा आउन चाहेको बताएकी छिन् ।

जवाफमा प्रचण्डले राजनीतिमा स्थिर भएर बस्न अभिनेत्री थापालाई सुझाव दिएको नेकपा उच्च स्रोतले जनाएको छ ।

Published : Thursday, 2018 May 31, 8:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया