दाङको गढवामा लक्ष्मीले देखाइन् ‘हर्कत’, आफ्नै ज्यान गयो

लमही । दाङको देउखुरीस्थित गढवा गाउँपालिकामा मदिरा सेवन गरेर एक महिलाले घरमा आगजनी गर्दा आफ्नै ज्यान गएको छ ।

गढवा गाउँपालिका–३ सुपैला बस्ने ४२ वर्षीया लक्ष्मी रावतले मंगलबार राति अत्याधिक मादक पदार्थ सेवन गरी आफ्नै एकतले फुसको छानो भएको घरमा आगजनी गर्दा उनको जलेर मृत्यु भएको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।

रावतले लगाएको आगो वस्तीमा फैलिएर कर्णबहादुर रावतसहित ५ जनाको घर जलेका छन् । आगलागीबाट ५ वटा कच्ची घर र ३ वटा गोठ जल्दा करीव १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

Published : Wednesday, 2018 May 30, 11:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया