हत्यारा छाड्ने ओली सरकारविरुद्ध नेविसंघको नग्न प्रदर्शन

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हत्यारा पूर्वमाओवादीका सांसद एवम् नेता बालकृष्ण ढुंगेललाई रिहाइ गरेपछि नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले काठमाडौंको पुतलीसडकमा मंगलबार हत्यारा ढुंगेललाई आममाफी नदिन माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको नेविसघंका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्याको सजाय भोगिरहेका पूर्वमाओवादी सभासद ढुंगेललाई छाडेको विरोधमा नेविसंघले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेको हो ।

ओली सरकारको विरोधमा नेविसंघले ‘हत्यारा छाड्न पाइँदैन, ओली सरकार चाहिँदैन’ भन्ने प्लेकार्डसहित नग्न जुलुस निकालेको थियो ।

जुलुसको नेतृत्व अध्यक्ष महर आफैले गरेका थिए । सोमबार मध्यरातिको मन्त्रिपरिषद्को बैठकले ८ सय १६ जनाको सिफारिस गरी राष्ट्रपति कार्यालयमा बुझाएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस स्वीकृत गरेपछि मंगलबार बिहानै ढुंगेलको रिहाई भएको थियो । ढुंगेललाई माओवालीका नेता कार्यकर्ताले भव्य स्वागत गर्दै गाडीबाट नगरपरिक्रमा गराएका थिए ।

Published : Tuesday, 2018 May 29, 7:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया