ओली सरकारका कारण कर्मचारीहरू ‘हिस्स’

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले कर्मचारीहरूको तलव वृद्धि नगरेर महंगी भत्तामा मात्रै वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७५–७६ मा कर्मचारीको तलव यथावत् राखेको हो । भत्ता भने २ हजार रुपैयाँले बढाएको छ ।

तलव सुविधा पुनरावलोकनका लागि तलव सुविधा पुनरावलोकन गर्न तलव आयोग गठन गर्ने सरकारले जनाएको छ ।

तलव बढाउनुपर्ने माग राख्दै बजेट तयारीको अन्तिम समयसम्म पनि निजामती टे्रड युनियनहरूले सरकारलाई दबाब दिँदै आएका थिए ।

सरकारले दुई वर्षअघि सरकारी कर्मचारीको तलव बढाएको थियो । त्यतिखेर सरकारले आधारभूत तलवमा २५ प्रतिशतले वृद्धि गरेको थियो ।

सरकारले मूल्यवृद्धि सूचकांक हेरेर राष्ट्रसेवक कर्मचारीको तलव पुनरावलोकन गर्दै आएको छ । पछिल्लो १० वर्षको अवधिमा सरकारले ६ पटकसम्म तलव पुनरावलोकन गरेको छ । सरकारले ०६५, ०६६, ०६८, ०७०, ०७१ र ०७३ सालमा कर्मचारीको तलव वृद्धि गरेको थियो ।

निजामती सेवा ऐनमा प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्यसूचीको आधारमा प्रदान गरिएको महंगी भत्तासमेतलाई आधार बनाई तलब, भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्न सक्ने व्यवस्था गरिएको छ ।

Published : Tuesday, 2018 May 29, 7:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया