लोकप्रिय छ कांग्रेस, जनताको आस्था घटेको छैनः डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संघीय संसदमा पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस मोरङ र जापान इन्टरनेशनल फाउण्डेशनद्वारा सोमबार आयोजित कार्यक्रममा उनले सरकारको नीति तथा कार्यक्रमको विषयमा मौन बसेर कांग्रेसले गल्ती गरेको बताए ।

डा.कोइरालाले लोकतन्त्र बचाउने दायित्व कांग्रेसको काँधमा आएको उल्लेख गरे । ‘एउटा निर्वाचनमा पराजय हुँदैमा कांग्रेसप्रति जनताकोे आस्था र विश्वास घटेको छैन’, उनले भने, ‘जनताका माझ कांग्रेस अहिले पनि लोकप्रिय छ । हामीले चिन्ता गर्नुपर्दैन ।’

Published : Monday, 2018 May 28, 8:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया