संविधान संशोधन गर्न ओली तयार, फोरमसँग सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली, नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबबीच करिब दुई घण्टा वार्ता भएपछि सहमति भएको हो । सहमति अनुसार फोरम नेपाल अब सरकारमा सामेल हुनेछ ।

सहमति अनुसार संघीय समावादी फोरम, नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरूका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषय देश जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ ।

सरकारद्वारा गर्न सकिने कामहरू सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ ।

Published : Monday, 2018 May 28, 11:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया