दाङमा फैलिएको झाडापखाल नियन्त्रणमा कम्युनिस्ट सरकारले ध्यान दिएन

घोराही । दाङ जिल्लाको शाान्तिनगरमा झाडापखालाको प्रकोपले सर्वसाधारणको ज्यान जोखिममा पर्दा समेत केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले उपचारमा तदारुकता नदेखाएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

दाङबाट जितेर आएकार जनप्रतिनिधिहरूले पनि झाडापखालाका बिरामीको उपचारमा आवश्यक्ताअनुसार ध्यान नदिएको गुनासो बढेको छ । उपचार र रोग नियन्त्रणका लागि जति ध्यान दिनुपर्ने हो त्यति ध्यान नदिएको गुनासो स्थानीयको छ ।

झाडापखालाका ४ सय बढीले बिरामीले शनिबार उपचार गराएका थिए । आइतबार ५ सय बढी बिरामी उपचारका लागि आइपुगेको चिकित्सकहरूले बताएका छन् । स्थानीयका अनुसार झाडापखालाबाट बिरामी हुनेको संख्या ११ सय बढी भइसकेको छ । तर, कम्युनिस्ट सरकार मौन छ ।

आइतबार अबेरसम्म पनि बिरामी आउने क्रम जारी रहेको शान्तिनगर गाउँपलिकाका अध्यक्ष कमानसिँह डाँगीले जानकारी दिए ।

झाडापखालाबाट ३ नम्बर वडाका पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल र चिराघाट तथा ४ का एकली, कजेरी र हिरापुर गाउँ बढी प्रभावित भएका छन् ।

बिरामीको उपचार स्थानीय स्वास्थ्य चौकी र तुलसीपुुरस्थित राप्ती अञ्चल अस्पतालमा भइरहेको छ । ३ जना बिरामीलाई जिल्लास्थित अस्पतालहरूमा रिफर गरिएको छ ।

उपचारमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेल नेतृत्वको टोली, राप्ती उप–क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जनार्दन पन्थी, शान्तिनगर स्वास्थ्यचौकी प्रमुख हरि पुन, उपप्रमुख घनश्याम पाण्डेका साथै धनौरी स्वास्थ्यचौकी प्रमुख हरिशकुमार डाँगीलगायतको टोली गाउँमै खटिएको छ । नेपाली सेनाको २ वटा टोली उपचार कार्यमा खटिएको गाउँपालिका अध्यक्ष डाँगीले जानकारी दिए ।

झाडापखाला फैलिएको जानकारी पाएपछि शनिबार नै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र निमित्त जनस्वास्थ्य प्रमुख प्रकाशकुमार योगीलगायतको टोली थप औषधि र स्वास्थ्यकर्मी लिएर शान्तिनगर पुगेको थियो ।

स्थानीयले खोलाको दुषित पानी खाँदा झाडापखालाको संक्रमण फैलिएको प्रारम्भिक अनुमानबाट देखिएको छ ।

दुषित खानेपानीका कारण संक्रमण फैलिएको भन्ने खबर आएपछि थप अवस्था बुझ्न आइतबार बिहान शान्तिनगर पुगेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको टोलीले झाडापखालाको कारण खोलाको दुषित पानी भएको निश्कर्ष निकालेको हो ।

Published : Sunday, 2018 May 27, 5:24 pm

1 प्रतिकृया प्राप्त “दाङमा फैलिएको झाडापखाल नियन्त्रणमा कम्युनिस्ट सरकारले ध्यान दिएन”

  • खानेपानी दुषित भएकोले झाडापखाला को महामारी फैलिएको भन्ने कुरामा दुई मत छैन।धाराको पानी सिधै मुखमा हाल्नुभन्दा पहिले पानी १० मिनेट उमालेर फिल्टर (छानेर) पानी पिउने गरौ ।जति सक्दो रोग नियन्त्रणमा सबै को ध्यान जानपर्छ ।रोगको पक्षबिपक्ष हुदैन भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया