कांग्रेसलाई म मिलाउँछु, राजीनामा आउँदैनः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसले भन्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन् ।

नेपाल प्रेस युनियनको २७औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले आन्तरिक विवादलाई पार्टीभित्रै मिलउनु पर्ने बताए ।

‘महाधिवेशन तीन वर्षपछि हुन्छ । कसैले भन्दैमा बीचैमा महाधिवेशन हुने होइन’ उनले भने, ‘कसैले राजीनामा माग्दैमा मैले राजीनामा पनि दिन्न ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवालाई निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिएर राजीनामा दिन दवाव दिइरहेका बेला यस्तो अभिव्यक्ति आएको हो ।

सभापति देउवाले पार्टीभित्रको विवादलाई आफूले मिलाउन चाहेको बताए । ‘केही समस्या छ भने सबै मिलेर समाधान गरौँ’, उनले भने, ‘बीचमा कुनै पनि हालतमा निर्वाचन हुँदैन ।’

महामन्त्री डा.शशांक कोइरालाले पनि पार्टीभित्रको विवाद अन्त्य गरेपछि मात्रै कांग्रेस बलियो हुने बताए । ‘हामी मिल्नुपर्छ । हामी मिलेपछि कांग्रेसले जित्छ’, उनले भने, ‘कांग्रेसप्रति नेपाली जनताको अहिले पनि उत्तिकै माया छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिका नाममा कांग्रेसको विधान मिच्न नपाइने बताए । ‘सहमति गर्ने हो । हामी पनि मिल्न तयार छौँ’, उनले भने, ‘सहमति भन्ने तर विधान मिच्ने कुरा हामीलाई कहिल्यै पनि स्वीकार्य छैन ।’

Published : Sunday, 2018 May 27, 4:50 pm

2 प्रतिकृया प्राप्त “कांग्रेसलाई म मिलाउँछु, राजीनामा आउँदैनः देउवा”

  • सके चुनाव लडेर लिने नसके मागेर लिन खोज्ने पौडेल को प्रवृत्ति र सके स्सम्म पेलेर जाने देउवा को प्रवृत्ति रहेसम्म काङ्ग्रेस बलियो हुदैन ।

  • अहिले काङ्ग्रेसको बिधान मिचियो भनेर चिल्लाउने नेताहरुले बिधान्त ११जना हुनु पर्ने संसदीय बोर्ड्लाइ २५ जना बनाउदा सम्म र भागबन्डा गरि टिकट बितरण गर्दा सम्म किन चुप बस्नु भयो कार्यकर्ता जान्ह चाह्न्छ्न।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया