अपाङ्गलाई कांग्रेसले दिएको भत्ता कम्यनिस्ट सरकारद्वारा खारेज

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले स्पाइनल कर्ड इञ्जुरी भएका व्यक्तिलाई दिन गरिएको निर्णयलाई केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले उल्ट्याइदिएको छ ।

कम्युनिस्ट प्रधानमन्त्री ओलीले स्पाइनल कर्ड इञ्जुरी भएका व्यक्तिहरूलाई जीविकोपार्जनका लागि दिने भनिएको भत्ता नदिने भएका हुन् । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पनि यो भत्ता दिनेबारेमा रुचि देखाएकी छैनन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०७४ साल पुस १३ गते मन्त्रिपरिषदबाट निर्णय गरेर स्पाइनल कर्ड इञ्जुरी भएको व्यक्तिहरूलाई जीविकोपार्जन भत्ता दिने निर्णय गरेका थिए । यो निर्णयलाई कम्यनिस्ट सरकारले खारेज गरिदिएको हो ।

कम्युनिस्ट सरकारले आफ्नो नीति तथा कार्य योजना आर्थिक वर्ष ७५–७६ को बजेटमा जीविकोपार्जन भत्ताको लागि रकम नछुट्टाएको भन्दै पीडितहरूले स्वास्थ्य मन्त्रालय र सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

माग पूरा नभए उनीहरूले ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

ओली सरकारलाई दवाव दिन विभिन्न कार्यक्रम समेत सुरु भइसकेका छन् । कार्यक्रममा सहभागी हुन सम्पूर्ण स्पाइनलमा चोट लागि अपांगता भएकाहरूलाई सहभाग हुन पनि स्पाइनल कर्ड इञ्जुरी संघर्ष समितिले आह्वान गरेको छ ।

Published : Saturday, 2018 May 26, 9:00 pm

2 प्रतिकृया प्राप्त “अपाङ्गलाई कांग्रेसले दिएको भत्ता कम्यनिस्ट सरकारद्वारा खारेज”

  • यो कम्निष्ट सरकार आफ्नो स्वार्थ पूरा गर्न चाहेको मात्र हो असहाय अपाङ्गता बृद्ध र विधवा को भत्ता कटौती गरी आफ्नो पेट भर्न मात्र खोजेको हो

    सबैलाई चेतना भया

  • Kalankalai artha ra nepaliko bhabana bhyana bedeseko Dallas ho tesaile yauba haru bacha Nepal aba ka Santa hunthyo Nepali bhana laj lagna thlyo

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया