चाइनाले देखायो पावर, दुई नेपाली पक्राउ

काठमाडौं । सुन बोकेको अभियोगमा दुई नेपाली युवा चिनियाँ प्रहरीले पक्राउ गरेर ल्हासा कारागारमा राखेको छ ।

रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा सुन तस्करीको अभियोगमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए ।

उनीहरूले एक महिनाअघि नेपाली ट्रकमा नौ टुक्रा सुन राखी नेपालतर्फ ल्याउन लागेका बेलामा तिब्बत सरकार, भन्सार विभागका गुप्तचरले पक्राउ गरी ल्हासा हिरासतमा राखेका हुन् । पक्राउ परेको विवरण जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

नेपालमा अवैध रुपमा सुन भित्रिएको विगतका घटनाक्रमलाई ध्यानमा राखी गैरकानूनी क्रियाकलाप बन्द गरिदिन नेपाली पक्षले सीमा बैठकमा राखेका प्रस्ताव चिनियाँ पक्षले कार्यान्वयन गर्न थालेको रसुवा प्रहरीले जनाएको छ ।

Published : Saturday, 2018 May 26, 12:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया