छ वर्षभित्रै करोडपति बनेका यी हुन् कम्युनिस्ट सर्वहारा मन्त्री

काठमाडौं । तत्कालीन माओवादी केन्द्रा नेता समेत रहेका उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको सम्पत्ति २०६८ सालमा जम्मा दुई कठ्ठा जग्गा मात्रै रहेको खुसाला भएको छ । विगत सात वर्षमा यति धेरै सम्पत्ति यादवले कसरी जोडे भनेर धेरैले प्रश्न उठाएका छन् ।

कुनै बेला एउटै माओवादी पार्टीमा रहेर काम गरेर राजनीतिक विश्लेषक एवम् वाम वुद्धिजीवी भरत दाहालले यादवको सम्पत्ति कति थियो भनेर बास्तविकता बाहिर ल्याइदिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा दाहालले मन्त्री यादवको ०६८ सालमा सम्पत्ति भागबण्डाबाट जम्मा दुई कठ्ठा भएको बताएका छन् ।

अशं बण्डाको त्यस बेलाको छलफलमा तत्कालीन माओवादीका नेता समेत रहेका दाहालले यादवको त्यो अंशबण्डाको छलफलमा आफू पनि रहेको बताएका छन् । दाहालले मन्त्री यादवको सम्पत्ति र उनको बास्तविकताका बारेमा फेसबुकमा स्ट्याटस राखेका छन् । दाहालको त्यो स्ट्याटस सामाजिक सञ्जालमा अहिले भाइलर भइरहेको छ ।

धनुषा जिल्लाको सवैला २ स्थायी घर भएका यादवका बारेमा दाहालले फेसबुकमा लेख्छन्, ‘०६८ सालमा मात्रिका यादवको अंशबण्डाको छलफलमा संयोगबस म पनि उनको गाउँमा पुगेको थिएँ । उनको कूल सम्पत्ति २ कठ्ठा जग्गा र नगद शून्य थियो । अहिले धनुषामा १० कठ्ठा जग्गा, ललितपुरको चापागाउँमा ३ रोपनी ७ आना जग्गा र १६ तोला सुन फलेछ !’

मन्त्री यादवले सबै जग्गा, नगद, सुनका गरगहना र गाडी आफ्नी पत्नी प्रमिलादेवी यादवको नाममा राखेका छन् । विवरणमा मन्त्री यादवले दाइजो, स्वआर्जन र साथीभाइले दिएको उल्लेख गरेका छन् ।

मन्त्री यादवले पत्नी प्रमिलाको नाममा सिरहाको रामनगर ४ मा २५ लाख पर्ने २ कठ्ठा आधा धुर जग्गा खरिद गरेका छन् । प्रमिलाकै नाममा धनुषाको सवेला २ मा पनि २० लाखको जग्गा छ । यो जग्गाको क्षेत्रफल राखिएको छैन ।

पत्नी प्रमिलाको नाममा सिरहाको रामनगर मिर्चैयामा दश लाख २५ हजार पर्ने दश धुर घडेरी, १६ लाखको दुई कठ्ठा जग्गा, धनुषाको सवेलामा १ लाख ६५ हजार मूल्यको २ कठ्ठा सात धुर जग्गा, सवेलमा ५ एक लाख वीस हजार पर्ने २ कठ्ठा ८ धुर जग्गा, सवेलामै ४८ हजार मूल्यको साढे एक कठ्ठा जग्गा तथा ललितपुर जिल्लाको चापागाउँ ७ मा साढे ३ रापनी जग्गा एक करोड ५ लाखमा खरिद गरिएको मन्त्री यादवले विवरणमा उल्लेख गरेका छन् ।

त्यति मात्रै होइन मन्त्री यादवले डेढ–डेढ तोलाका चारवटा सुनका सिक्री पनि बनाएका छन् । सिक्री मात्रै ५ तोलाका छन् । सुनका अन्य गरगहना १० तोला रहेको मन्त्री यादवले बताएका छन् । यसको बजार मूल्य झण्डै दश लाख पर्न आउँछ ।

मन्त्री यादवले आफ्नो नाममा एसबीआई बैंकमा ७९ हजार ६ सय ९२ रुपियाँ १४ पैसा मात्रै राखेका छन् । उनले रविकिरण यादवको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा २ लाख ७४ हजार ६ सय ९० तथा पत्नी प्रमिलादेवी यादवको नाममा एसबीआई बैंकमा १ लाख ९८ हजार ४ सय ९० रुपियाँ बचत रहेको देखाएका छन् ।

मन्त्री यादवसँग पत्नी प्रमिलाको नाममा बा १४ च ७३० नं. को निजी गाडी पनि छ । त्यो गाडीको नाम र मूल्य सम्पत्ति विवरणमा खुलाइएको छैन ।

Published : Saturday, 2018 May 26, 12:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया