प्रचण्डको थिचोमिचोविरुद्ध ८७ पालिट व्युरो सदस्यद्वारा विद्रोह (नामसहित)

काठमाडौं । तत्कालीन माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यहरूले एमालेसँगको पार्टी एकीकरण रुचाएका छैनन् । उनीहरूले नेपाल कम्युनिस्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर पार्टी एकीकरणप्रति असहमति जनाएका हुन् ।

काठमाडौंमा बसेको गोप्य भेलापछि हस्ताक्षरसहितको फरक मत उनीहरूले प्रचण्डलाई बिहीबार बुझाएका छन् । ८७ जना पोलिट व्युरोका सदस्यहरूले लिखित असहमति जनाएपछि प्रचण्ड तानावमा परेको स्रोतले जनाएका छन् ।

पोलिट व्युरो सदस्यहरूले तनाव दिएपछि प्रचण्डले नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग परामर्श गरेका छन् । ओलीले विषयलाई रोकेर राख्न प्रचण्डलाई सुझाव दिएको स्रोतको भनाइ छ ।

नयाँ पार्टी नेकपाको केन्द्रीय कमिटीमा नपरेपछि पोलिट व्युरो सदस्यहरूले गोप्य भेला गरेर प्रचण्डलाई दवाव दिँदै आएका छन् । माग पूरा भएन भने उनीहरूले नेकपा (माओवादी केन्द्र)लाई व्युताउने भनेर प्रचण्डलाई धम्की समेत दिएको एकजना पोलिट व्युरो सदस्यले बताए ।

एमालेसँगको पार्टी एकीकरणमा फरक मत राख्नेहरूमा मुकसामहाङ मेन्याङबो, झलक सिंह दर्लामी, श्रीप्रसाद जबेगु, बालकृष्ण ढुंगेल (पत्रमा हस्ताक्षर गरेका छैनन्), ध्रुब बुढाथोकी, कुलप्रसाद साँवा, मोहन खत्री, बाबुराम गौतम, विजय साम्पाङ, विशाल कार्की, डम्बर सुवेदी, मोहन खड्का, राजु अचार्य, नरबहादुर दुलाल, योगेन्द्र मण्डल, होमकुमारी खापुङ, दुर्गा राई रहेका छन् ।

त्यसैगरी शंखर राई, गणेश उप्रेती, सुशीला कन्दङवा, खेम सुन्दास, रिपुप्रसाद राई, टेकमान उदय राई, क्षेत्रबहादुर श्रेष्ठ, रामचन्द्र मण्डल, उपेश यादव, दिलिप शाह, रामसिंह यादव, सत्यनारायण भगत, अशोक जैसवाल, देवेन्द्र पराजुली, सोनामलाल साह, सुनिता यादव, तपेश्वर राय चौधरी, सूर्यमान दोङ, रामचन्द्र शर्मा, रमेश मल्ल, चित्रबहादुर श्रेष्ठ, निरु दर्लामी, गणेश रेग्मी रहेका छन् ।

असहमति जनाउने पोलिट व्युरो सदस्यहरूमा रुद्रबहादुर हाडा, धावा सारु, राजकुमार श्रेष्ठ, दीनानाथ गौतम, प्रकाश गौतम, तेजबहादुर मिजार, मीना तामाङ रुकु चौलागाइँ, कान्छामान तामाङ, देवेन्द्र श्रेष्ठ, कुलबहादुर मोक्तान, रक्तिम लामा, गोविन्दबहादुर बटाला, कृष्णा भुजेल, रामचन्द्र ठाडा मगर, शंखर लामा, गोविन्द राई, मदन तामाङ, राकेशकुमार लामा, शैलेन्द्र घिमिरे, दीपक कोइराला, भक्त रसाइली, इन्द्रप्रसाद खरेल, सुदर्शन बराल, टीकाविक्रम हमाल, प्रकाश सुवेदी, अशोक रोकाया पनि रहेका छन् ।

चन्द्र खड्का, सीता पौडेल, ओमप्रकाश केसी, धनजित शाही, विष्णुबहादुर विक, लक्ष्मीप्रसाद चौलागाइँ, नेवबहादुर कुँवर, युवराज आचार्य, नरबहादुर विष्ट, टेकेन्द्र भट्ट, हरि चौधरी, मनबहादुर सिंह, दुर्गाबहादुर राउत, धर्मेन्द्र राई, रामहरि केसी, मंगलबहादुर शाही, जीवन खड्का र पुकवीर रानाले पनि पार्टी एकीकरण रुचाएका छैनन् ।

Published : Friday, 2018 May 25, 11:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया