ओली–प्रचण्डविरुद्ध उजुरी, ‘नेकपा’ संकटमा

काठमाडौं । नेपाल कमुनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो दलको नाम ओली र प्रचण्ड तथा सञ्चारमाध्यमहरूले दुरुपयोग गरेको भन्दै आयोगमा उजुरी दिएका हुन् ।
‘विगत केही दिनदेखि सत्तामा रहेका दलहरूले एकता प्रक्रियामार्फत निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नाम गरेको दल दर्ता गरेको र त्यसको अध्यक्षमा केपी ओली र पुष्पकमल दाहाल रहेको भनी संचार माध्यममा प्रचार भइरहेको र स्वयं सरकारका मान्छेहरूबाट समेत यस्तो अभिव्यक्ति आइरहेकोप्रति नेपाल कम्युनिष्ट पार्टी सम्मानित निर्वाचन आयोगको ध्यान यसतर्फ आकृष्ट गराउन चाहन्छ’, उजुरीमा भनिएको छ ।
‘तत्काल यसको सत्य तथ्य सार्वजनकि गर्न र यस्तो असंवैधानिक तथा गैह्रकानुनी काम गर्नेहरूलाई कानूनी कार्वाही गर्न माग गर्दछ’, अध्यक्ष कट्टेलले भनेका छन् ।
अध्यक्ष कट्टेलले नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगको मिति २०७४–५–२८ च.नं. ७४–०५ रा.द.३.२.४३८ को पत्र अनुसार निर्वाचन आयोगको २०७४–५–२२ को निर्णय अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्वन्धी ऐनको दफा ४८ अनुसार निर्वाचन आयोगमा दर्ता भएको दल भएको बताएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी संविधानको धारा २६९ अनुसार पनि निर्वाचन आयोगमा दर्ता भएको उल्लेख गरेका छन् ।
‘यस्तो कानूनी व्यवस्था हुँदाहुँदै सरकारमै रहेका दलहरूवाट संविधान र कानूनको सोझै उलङ्गन हुनु र सम्वन्धित निकाय समेत मौन रहनुले नेपालको लोकतन्त्र र कानूनी राजको मान्यता को उलंघन भएको छ’, उनले भनेका छन्, ‘समयमै यस्तो अधिनायकवादी दुस्कार्य रोकी नेपालको संविधान र नागरिककोको मौलिक हकको रक्षा गर्न आग्रह गर्दछु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत